महानगरले गराएको छात्रवृत्ति परीक्षामा १० हजार विद्यार्थी उत्तीर्ण | Khabarhub Khabarhub

महानगरले गराएको छात्रवृत्ति परीक्षामा १० हजार विद्यार्थी उत्तीर्ण


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्तिको लागि सञ्चालन गरेको प्रवेश परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

महानगरको शिक्षा विभागका अनुसार, साउन ३ गते (शनिबार) राजधानीका ५४ वटा परीक्षा केन्द्रहरूमा आयोजित परीक्षामा १४,१७३ जना विद्यार्थी सहभागी भएका थिए । 

कुल १७,२२९ जना आवेदकमध्ये १६,१३७ जनाको आवेदन स्वीकृत भएकोमा १४,१७३ जनाले परीक्षा दिएका थिए । विभागले न्यूनतम ४० अंक (४० प्रतिशत) ल्याउने विद्यार्थीलाई मात्र उत्तीर्ण मानेको छ ।

उत्तीर्ण हुनेमध्ये विज्ञान संकायबाट ८,७५०, व्यवस्थापनबाट १,९५७, कानुनबाट १३५, शिक्षा समूहबाट १९ र मानविकी समूहबाट ६ जना रहेका छन् । परीक्षामा सबैभन्दा बढी विद्यार्थी विज्ञान संकायबाट सहभागी भएका थिए ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित बहु वैकल्पिक १०० प्रश्न सोधिएको थियो, जसमा गणित, विज्ञान, अङ्ग्रेजी र सामान्य ज्ञान विषय समावेश थिए । गलत उत्तरका लागि नकारात्मक अंकन गरिएको थिएन ।

सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले शिक्षा विभागले २४ घण्टामै नतिजा प्रकाशित गरेर उदाहरणीय काम गरेको बताएका छन् । 

नतिजा महानगरपालिकाको वेबसाइट मा प्रकाशित गरिएको छ । विद्यार्थीले आफ्नो एसईई सिम्बोल नम्बर, जन्म मिति, र पासवर्ड प्रयोग गरी स्कोर हेर्न सक्नेछन् ।

महानगरअन्तर्गत सञ्चालित १६० संस्थागत विद्यालयहरूमा ४ हजारभन्दा बढी छात्रवृत्तिका सिटहरू उपलब्ध छन् । विद्यार्थीले परीक्षा फारम भर्ने क्रममा दिएको प्राथमिकता र प्राप्त अङ्कका आधारमा म्याचिङ गरिनेछ ।

यदि कुनै विवरण फरक परेको छ भने २०८२/०४/०५ गतेभित्र शिक्षा विभागमा प्रमाणसहित निवेदन दिन सकिनेछ। त्यसैगरी, नतिजाप्रति चित्त नबुझेको खण्डमा एक हजार रुपैयाँ राजस्व बुझाएर पुनर्योग निवेदन दिन सकिनेछ ।

म्याचिङको पहिलो सूची साउन ६ गते प्रकाशन गरिनेछ। त्यसपछि भर्ना नभएका सिटका लागि दोस्रो चरण र आवश्यक परेमा ह्वासएपमा सूची प्रकाशित गरिने महानगरले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  २ : २३ बजे

एक लाख २२ हजार पर्यटकबाट गोरखा दरबार सङ्ग्रहालयको अवलोकन

गोरखा– गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार

राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका

वर्षातमा पनि आगलागीका घटना

काठमाडौं– वर्षातको समयमा पनि आगलागीका घटना हुुँदैन होला भन्ने तपाई

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध 

काठमाडौं– राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक

भरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामीको उपचार 

चितवन– चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना सर्पदंशका