राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल « Khabarhub

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल भएको छ । छलफलमा भाग लिँदै सांसदहरूले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । 

उनीहरूले वन्यजन्तुको सुरक्षा तथा मानव–वन्यजन्तु द्वन्द्व कम गर्न राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

समितिका सभापति मायाप्रसाद शर्माले निकुञ्ज र मध्यवर्ती क्षेत्रलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा विस्तृत रूपमा छलफल गरेर सहकार्यमार्फत अगाडि बढ्ने बताइन् ।

उनले भनिन्, ‘निकुञ्जभित्र खनिज पदार्थ भएमा के गर्ने ? कसरी व्यवस्थापन गर्ने ? यस विषयमा छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

समितिका सदस्य मदनकुमारी शाहले निकुञ्जभित्र सवारीसाधनको ठक्करबाट वन्यजन्तुलाई जोगाउन ‘अन्डरपास’ र ‘ओभरपास’ का पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिइन ।

उनले वर्तमान कानुनमा भएका झन्झटिला प्रावधानका कारण देखिएका समस्या समाधानका लागि विस्तृत छलफल गर्नुपर्ने आवश्यकता औँल्याइन् । 

छलफलमा भाग लिँदै सुमित्रा विसी, रुक्मिणी कोइराला, श्रीकृष्ण अधिकारी, नरबहादुर विष्टलगायत सांसदहरूले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा रहेका विभिन्न प्रावधानका विषयमा सरोकार भएका निकाय तथा विज्ञसँग छलफल गर्नुपर्ने सुझाव दिए । 
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : २२ बजे

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

आज विश्व शरणार्थी दिवस मनाइँदै, शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज विश्व शरणार्थी दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा