कर्मचारी सञ्चय कोषको योगदानमा आधारित निवृत्तभरण कोषमा करिब चार हजार बढी कार्यालय आबद्ध
कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरू गरी करिब ४ हजार २९० कार्यालय तथा संस्थाहरू योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्ध भएका हुन् ।
कोषमा आबद्ध भएका कार्यालय तथा संस्थाहरूका करिब ९९ हजार ३९१ जना योगदानकर्ताहरूबाट गत आर्थिक वर्षको अन्त्यसम्मका करिब १५ अर्ब.योगदानमा आधारित निवृत्तभरण कोषमा जम्मा भएको कोषका सहायक प्रवक्ता दामोदरप्रसाद सुवेदीले बताएका छन् । योगदानमा आधारित निवृत्तभरण कोषमा थप सरकारी कार्यालय र प्रतिष्ठानहरू आबद्ध हुने क्रम जारी रहेको उनले बताए ।
साथै, बैंक तथा वित्तीय क्षेत्र तथा निजीक्षेत्रबाट पनि योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्धताका लागि कोषमा सम्पर्क गर्ने क्रम उल्लेख्य रूपले बढ्दै गएको छ । कोषले आफ्नै स्रोतबाट योगदानकर्ताहरूलाई विभिन्न किसिमका सुविधाहरू समेत उपलब्ध गराउँदै आएको जनाएको छ ।
नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित
एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुट
अपाङ्गता भएका व्यक्तिलाई अनुदानमा बाख्रा र मौरीको घार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम भने करिब साढे २१ अर्ब हाराहारी पुगेको छ ।

आज नेप्से परिसूचक शून्य दशमलव ३२ अङ्कले बढेर दुई हजार ८७० दशमलव ९५ को बिन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर एक लाख ७८ हजार १७६ पटक खरिदबिक्री हुँदा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज बैंकिङ समूह एक दशमलव ३८, विकास बैंक शून्य दशमलव ०८, वित्त दुई दशमलव २६, जलविद्युत् शून्य दशमलव ४२, लगानी शून्य दशमलव १६, उत्पादन तथा प्रशोधन एक दशमलव १२, लघुवित्त शून्य दशमलव ०२ र व्यापार समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ ।
शिवश्री हाइड्रो र सिटी होटलको हकप्रद निष्कासन हुने
सुनापतिको पर्यटन विकासका पूर्वाधारमा लगानी बढाइनुपर्ने
दुग्ध उत्पादक किसानलाई २८ लाख रुपैयाँ अनुदान
विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई साढे १९ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी
विराटनगर दुग्ध वितरण आयोजनाले दूध तथा दुग्धजन्य पदार्थको विक्री बढे पनि पूर्वका दूध उत्पादन गर्ने कृषकलाई करिब साढे १९ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।
विराटनगर दुग्ध वितरण आयोजनाले गत पौष मध्यसम्मको दूधको बक्यौता तिरिसकेको र अहिले प्रत्येक महिना एक किस्ता मात्र दूध कृषकहरूलाई दूधको बक्यौता तिर्ने गरेको बताएको छ ।

विराटनगर दुग्ध वितरण आयोजनाले प्रत्येक १५ दिनमा दूधको भुक्तानी गर्ने गरिएको भए पनि गत पौष १५ गते देखि ०८२ को असार मसान्त सम्म करिब ६ महिनाको करिब साढे १९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको विराटनगर दुग्ध वितरण आयोजनाका निमित्त प्रमुख हिर बहादुर मगरले जानकारी दिए ।
मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत पूरा
खुल्ने समय थपिएसँगै धरहरा चढ्नेको संख्या दोब्बरले बढ्यो
तीन वर्षदेखि निर्माण रोकिएको धुलिखेल-खावा खण्ड स्तरोन्नति गरिँदै
प्रतिक्रिया