अर्थसंक्षेप : कोटेश्वर चोक सुधार्न जापानको ऋण स्वीकृत, हेवा खोलाको बेलिब्रिज उद्‌घाटन, बैंकहरूबाट राष्ट्र बैंकले ३० अर्ब खिच्दै र घट्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : कोटेश्वर चोक सुधार्न जापानको ऋण स्वीकृत, हेवा खोलाको बेलिब्रिज उद्‌घाटन, बैंकहरूबाट राष्ट्र बैंकले ३० अर्ब खिच्दै र घट्यो नेप्से


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

घट्यो नेप्से, कारोबार ५ अर्ब २० करोडमा सीमित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार घटेको छ । नेप्सेमा बुधबार भएको सेयर कारोबारसँगै नेप्से ९.७० अंकले घटेको हो ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि खुम्चिएर पाँच अर्ब २० करोड सात लाख ५३ हजार रुपैयाँमा सीमित भएको हो ।

बुधबार सेयर कारोबारमा ६० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आजको कारोबारमा २ वटा कम्पनीको सेयर मूल्य भने घटबढ भएन ।

नाडा अटो शो २०२५ मा साइमेक्स इंकले लन्च गर्‍यो बीवाईडी एट्टो २

नेपाली आईटी कम्पनी ब्रोडवे इन्फोसिस ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्डबाट सम्मानित 

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ३० अर्ब खिच्दै

बुधबार बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्ने भएको छ। मध्यान्ह ३ बजेसम्ममा बोलकबोल माध्यमबाट अनलाइन प्रक्रियाबाट आवेदन दिनसक्ने छन्।

राष्ट्र बैंकले भदौ २९ गतेसम्मका लागि ३० अर्ब रुपैयाँ लिने भएको छ।

घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्ने सकिने केन्द्रीय बैंकले बताएको छ।

टेलिकमले भन्यो- मोबाइलमा आएका शंकास्पद लिंकहरू नखोल्नुहोस् 

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

मन्त्री दाहाल र राजदूत श्रीवास्तवद्वारा हेंवा खोला बेलिब्रिज उद्‌घाटन

मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण सम्पन्न भएको ‘मोडुलर बेलिब्रिज’को आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्‌घाटन गरेका छन् ।

गत वर्षको असोज १२ गते आएको बाढीले ‘बेलिब्रिज’ बगाएपछि निर्माण गरिएको ७० मिटर लामो ‘बेलिब्रिज’को आज मन्त्री दाहाल र राजदूत श्रीवास्तवले संयुक्त रुपमा उद्‌घाटन गरेका हुन्।

उक्त बेलिब्रिजका सामग्री भारत सरकारले उपलब्ध गराएको र संरचना निर्माण तथा जडानको काम नेपाल सरकारले गरेको सडक विभागले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

बजेट पारित नहुँदा समस्यामा धरान उपमहानगर

जापान सरकारको ३० अर्ब आठ करोड रुपैयाँ ऋण स्वीकार

कोटेश्वर चोक सुधार्न जापानको ऋण स्वीकृत, बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझा पदमुक्त

सरकारले दुई दिनअघि (भदौ २ गते) बसेको मन्त्रिपरिषद्‌ बैठकका २५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम्‌ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन्‌ ।

पछिल्लो मन्त्रिपरिषद्‌ बैठकले गरेका दुई निर्णय सार्वजनिक सरोकारमा महत्व राख्ने खालका छन्‌ । काठमाडौँको भित्री चक्रपथमा यात्रा गर्दा कोटेश्वर चोकमा सास्ती ब्यहोर्नु परिरहेको अवस्था हटाउन सरकारले जापान सरकारबाट तीन अर्ब आठ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सकार्ने निर्णय गरेको हो ।

यसैगरी; स्वार्थसमूहको आडभरोसा, उक्साहट र दबाबमा नक्कली कागजात पेश गरी नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न पुगेको आरोप खेपेका शरद्‌ ओझालाई पनि मन्त्रिपरिषद्‌ बैठकले पदमुक्त गरिदिएको छ ।

ओझाले खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको देखिएको मन्त्रिपरिषद्‌को निर्णयमा उल्लेख छ ।

काठमाडौंमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गर्ने तयारी

प्रहरी सेवापछि व्यावसायिक खेतीमा पदम, कमाउँछन् वार्षिक दुई लाख

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ७ : ०२ बजे

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको