इसाई समुदायद्वारा पाकिस्तानको पञ्जाबमा लागू नयाँ निर्वाचन कानुनको विरोध « Khabarhub

इसाई समुदायद्वारा पाकिस्तानको पञ्जाबमा लागू नयाँ निर्वाचन कानुनको विरोध


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अल्पसङ्ख्यक इसाई समुदायले पाकिस्तानको पञ्जाब प्रान्तमा लागू भएको नयाँ निर्वाचन कानुनको विरोध गरेका छन् । पञ्जाब प्रान्तमा लागू भएको नयाँ निर्वाचन कानुनले धार्मिक अल्पसङ्ख्यक समुदायलाई मतदान अधिकारमा कठोर बन्देज लगाएको छ ।

पञ्जाब स्थानीय सरकार ऐन २०२५ अन्तर्गत आगामी डिसेम्बर महिनामा स्थानीय चुनाव हुनेछ । यस चुनावले ४ हजारभन्दा धेरै स्थानीय परिषद्मा सदस्य निर्वाचित गर्ने अपेक्षा गरिएको छ ।

पञ्जाबमा पछिल्लो पटक सन् २०१५ मा यस्तो निर्वाचन भएको थियो ।

यद्यपि नयाँ निर्वाचन कानुनले आफूहरुको राजनीतिक अधिकार सङ्कुचित हुने अल्पसङ्ख्यक इसाई धर्मावलम्बीको चिन्ता छ । उनीहरुको चिन्ता खासगरी आरक्षित सिटलाई लिएर रहेको क्रिस्चियनपोस्टले उल्लेख गरेको छ ।

नयाँ प्रणालीले धार्मिक अल्पसङ्ख्यक, महिला र श्रमिकजस्ता समाजको कमजोर तप्कालाई राजनीतिक सीमान्तकरणको जोखिम बढाएको रदारी तहरिकका अध्यक्ष सामसन सलामतको भनाइ छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  २ : १२ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष