२०३० सम्म भारतको खुद्रा बजार १० खर्ब डलर बराबर पुग्ने « Khabarhub

२०३० सम्म भारतको खुद्रा बजार १० खर्ब डलर बराबर पुग्ने


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०३० सम्म भारतको खुद्रा बजार १० खर्ब डलर बराबर पुग्ने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ । भेन्जर क्यापिटल फर्म फायरसाइड भेन्चरले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०३० सम्म भारतको खुद्रा बजार १० खर्ब डलर बराबर पुग्ने उल्लेख गरिएको छ ।

उपभोक्ता वर्गको विस्तार हुँदै जाँदा खर्च गर्न योग्य आयको पनि विस्तार हुने र यसको प्रभाव खुद्रा बजारमा पर्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । फायरसाइडले भारतीय बजारको आकार मात्रै नभइ भारतीयको खरिद प्रवृत्तिले पनि बजार विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरेको छ ।

प्रतिवेदनले सामान्य व्यापार सन् २०१४ मा ९० प्रतिशत रहेकोमा सन् २०३० सम्म ७० प्रतिशतमा झर्ने जनाएको छ । यद्यपि उपभोक्तालाई सीधै सामान प्रदान गर्ने व्यापारिक मोडलमा उल्लेख्य विस्तार हुने जनाइएको छ ।

आधुनिक व्यापार, डिजिटल व्यापार र डाइरेक्ट टू कन्जुमर (डीटूसी) जस्ता व्यापारिक प्रवृत्ति विस्तार हुने प्रतिवेदनलाई उल्लेख गर्दै टाइम्स अफ इण्डियाले जनाएको छ । डीटूसी र क्विक कमर्सले मात्रै भारतीय बजारको ५ प्रतिशत हिस्सा ओगट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : ५७ बजे

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त