रक्षा साझेदारी बढाउन भारत र फ्रान्सका सैन्य अधिकारीबीच छलफल « Khabarhub

रक्षा साझेदारी बढाउन भारत र फ्रान्सका सैन्य अधिकारीबीच छलफल


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहनले फ्रान्सेली समकक्षी फेबियन मान्डोनसँग छलफल गरेका छन् । यस छलफल द्विपक्षीय रक्षा सहकार्य अभिवृद्धि गर्ने विषयमा केन्द्रित रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भर्चुअल माध्यमबाट भएको वार्ता दीर्घकालीन साझेदारी विकास गर्ने र होराइजन २०४७ भिजनको कार्यान्वयन गर्ने विषयमा केन्द्रित थियो । त्यसबाहेक संयुक्त सैन्य अभ्यास, रक्षा उद्योगमा सहकार्य र अन्तरिक्ष क्षमतामा साझेदारी विकास गर्ने विषयमा पनि दुई सैन्य अधिकारीले छलफल गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार दुई सैन्य अधिकारीले हिन्द प्रशान्त सुरक्षाका लागि प्रतिआतङ्कवाद र रक्षा साझेदारी वृद्धि गर्न पनि सहमति जनाएका छन् । पछिल्लो समय भारत र फ्रान्सबीच रक्षा साझेदारी विकास हुँदै गइरहेको छ ।

भारतले फ्रान्ससँग मिलेर फ्रान्समै गरुडा २५ नामक संयुक्त हवाई अभ्यास सञ्चालन गरिरहेको छ । आगामी नोभेम्बर २७ सम्म सञ्चालन हुने अभ्यासमा सुखोइ सु ३०, सी १७ ग्लोबमास्टर तृतीय र इल्युशिन आईएल ७८ जस्ता विमान परिचालन गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ७ : २३ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग