अर्थसंक्षेप : २८ भन्सारमध्ये १० वटाबाट निर्यात शून्य, नेप्सेमा पाँच अंकको झिनो सुधार | Khabarhub Khabarhub

अर्थसंक्षेप : २८ भन्सारमध्ये १० वटाबाट निर्यात शून्य, नेप्सेमा पाँच अंकको झिनो सुधार


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

के अब घरजग्गा व्यवसायीलाई हदबन्दी लागू हुँदैन ?

सरकारले पछिल्लो पटक २९ वटा ऐन संशोधन गर्नेगरी ल्याएको अध्यादेश कार्यान्वयनमा आइसकेको छ ।

राजपत्रमा प्रकाशितमध्ये ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ले घरजग्गा व्यवसाय गर्ने कम्पनीलाई भूमिमा हदबन्दी नलाग्ने भनेर टिप्पणी भइरहेका छन् ।

अध्यादेश आउनुपूर्वको कानुनी व्यवस्थाअनुसार व्यवसायीहरूले निकै कठिनाईपूर्वक घरजग्गा कारोबार गर्नुपरेको नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष भेषराज लोहनी बताउँछन् ।

उनले हदबन्दीका कारण व्यवसायीहरूले धेरै कम्पनी खडा गरेर कारोबार गर्नुपरेको, हदबन्दीका कारण झण्डै दर्जन व्यवसायीको कारोबार रोकिएको पनि बताएका छन् ।

घरजग्गा व्यवसायीहरूले खरिद आफ्ना लागि राख्न नभइ बिक्रीकै लागि भएको बताउने गरेका छन् । विगतमा भएको व्यवस्थालाई व्यवहारिक बनाउन आफूहरूले सरकारलाई अनुरोध गर्दै आएको उनले बताए । तर, विगतमा पटक–पटक गरिएका ऐन संशोधनले व्यवसायीहरूको मागलाई व्यवहारिक रूपमा सम्बोधन नगरेको उनले बताए ।’

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण 

कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता

नेप्सेमा पाँच अंकको झिनो सुधार, कारोबार कति ?

जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई ऊर्जामन्त्री खड्काको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्जका क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह गरेका छन् ।

नेपालमा सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ गत पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ स्वीकृत गरेसँगै लगानी जुटाउनका लागि ऊर्जामन्त्री खड्काले दातृ निकायका प्रमुख एवं प्रतिनिधिसँग आज छलफल गरेका हुन् ।

२८ भन्सारमध्ये १० वटाबाट निर्यात शून्य

नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि सञ्चालनमा रहेका २८ वटा भन्सारमध्ये १० वटा भन्सारबाट शून्य निर्यात भएको छ । चालु आर्थिक वर्ष (आव)को ६ महिनामा १० वटा नाका हुँदै नेपालबाट कुनैपनि वस्तु निर्यात नभएको देखिएको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार तातोपानी, सुनाैली, सुनसरी, जनकपुर, चोभार, सति, महेशपुर, राजबिराज, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, थाडी र त्रिवेणी भन्सार कार्यालयबाट चालु आवको ६ महिना अवधिमा कुनैपनि वस्तु निर्यात भएको छैन ।

निर्यात शून्य भएका नाकामध्ये तातोपानी नाकाबाट कुल आयातको ३.०५ प्रतिशत वस्तु आयात भएको छ भने अन्य नाकाबाट १ प्रतिशत भन्दा कम मात्रै वस्तु आयात भएको छ ।

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

चालु आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा बेहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत पुस मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको वस्तु आयात हुँदा ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको मात्रै निर्यात भएको छ ।

निर्माण सामग्रीको मूल्य वृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जवाफ माग्ने भएको छ ।

समितिको आजको बैठकमा अधिकांश सांसदले निर्माण सामग्रीमा अचाक्ली मूल्यवृद्धि भएको विषय उठाएका थिए । बैठकपछि समिति सभापति ऋषिकेश पोखरेलले सिमेन्ट, छडलगायत वस्तुको मूल्य वृद्धिबारे मन्त्रालयलाई बुधबार छलफलमा बोलाउन निर्देशन दिए ।

आगन्तुकको रोजाइमा बागलुङको स्थानीय उत्पादन

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

२१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : २६ बजे

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्छ : उपप्रधानमन्त्री सिंह

बागलुङ– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति

पुराण वाचकको परीक्षा लिएर प्रमाणपत्रको व्यवस्था गरिँदै

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पुराणका कथा वाचन गर्ने

चिसोले श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी– निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका

म्याग्दी महोत्सवमा १० करोडको कारोबार

म्याग्दी– म्याग्दीको बेनीमा आयोजना भएको आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा– शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएका माछा बिक्रीमा रोक लगाएको