सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने प्रचण्डको प्रतिबद्धता « Khabarhub

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने प्रचण्डको प्रतिबद्धता


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्  । 

शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका सञ्चालक, शिक्षक, विद्यार्थी एवं अभिवाकसँग आज बिहान भएको सङ्क्षिप्त भेटमा उनले ग्रामीण भेगका विद्यालयको भौतिक विकासका साथै प्राज्ञिक उन्नयनमा आफ्नो तथा पार्टीका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

निजी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढी र सामुदायिकमा कम हुनुहुँदैन भन्दै उहाँले स्रोत–साधन पाएमा सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेका बताए। 

उनले भने, ‘सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छन् ।’ अध्यक्ष दाहालले उक्त विद्यालयलाई नमूना विद्यालय बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १० : ५७ बजे

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका