निसीखोलामा चार दिनदेखि विद्युत् वितरण बन्द « Khabarhub

निसीखोलामा चार दिनदेखि विद्युत् वितरण बन्द


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ । 

निसीखोला गाउँपालिका–४ जोगीथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहको मेसिन बिग्रिदा चारदिनदेखि विद्युत् उत्पादन बन्द छ । 

आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोला गाउँपालिकाअन्तर्गतका बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए  । 

जसबाट एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । मेसिन मर्मतका लागि बुटवल पठाइएको र मर्मत भएर आउनेवित्तिकै  विद्युत् आपूर्ति हुने उनले बताए । 

विद्युत् अवरुद्ध हुँदा यस क्षेत्रको व्यापार, व्यवसाय र जनजीवन प्रभावित भएको छ । 
 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  २ : ५७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा