निसीखोलामा चार दिनदेखि विद्युत् वितरण बन्द « Khabarhub

निसीखोलामा चार दिनदेखि विद्युत् वितरण बन्द


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ । 

निसीखोला गाउँपालिका–४ जोगीथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहको मेसिन बिग्रिदा चारदिनदेखि विद्युत् उत्पादन बन्द छ । 

आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोला गाउँपालिकाअन्तर्गतका बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए  । 

जसबाट एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । मेसिन मर्मतका लागि बुटवल पठाइएको र मर्मत भएर आउनेवित्तिकै  विद्युत् आपूर्ति हुने उनले बताए । 

विद्युत् अवरुद्ध हुँदा यस क्षेत्रको व्यापार, व्यवसाय र जनजीवन प्रभावित भएको छ । 
 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  २ : ५७ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम