कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुन्छ : गगन थापा « Khabarhub

कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुन्छ : गगन थापा


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने बताएका छन्।  

शुक्रबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री थापाले महाधिवेशनको तयारी सुरु भइसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने बताएका हुन् ।

अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी संगठन र अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरूलाई उनले आग्रह गरे ।

महामन्त्री थापाले एउटा दलले गरेको गलत कार्यबाट असन्तुष्ट हुनेले व्यवस्था भन्दा पनि अन्य दल रोज्न पाउने लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसाथ गर्नुपर्ने धारणा राखे ।

उनले पछिल्लो पटक पूर्व राजाबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रूपमा लिएर राजनैतिक कर्ममा सुधार गरेर जवाफ दिनुपर्ने बताए ।  

पार्टीभित्रैबाट सरकारको विरोध भइरहेको प्रश्नको जवाफमा महामन्त्री गगन थापाले सरकार विरुद्धको खबरदारीले सरकारलाई सुधार्न र गलत काम रोक्न मद्दत पुग्ने समेत बताए । 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ३ : १६ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम