बिहेभोजमा झडप, २७ वर्षीय युवकले गुमाए ज्यान | Khabarhub Khabarhub

बिहेभोजमा झडप, २७ वर्षीय युवकले गुमाए ज्यान


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

धनगढी– बिहेभोजमा विवाद हुँदा बाजुराको बुढीगंगा नगरपालिका–८ मा एक जनाको मृत्यु भएको छ । आफन्तको बिहेभोज खान गएका दुई पक्षबीच विवाद हुँदा २७ वर्षका रणबहादुर थापाको मृत्यु भएको प्रहरीले बताएको छ । 

मृत्यु भएका बुढीगंगा नगरपालिका ९ का रणबहादुर थापा आफन्त रामबहादुर खड्काका छोराको बिहेमा भोज खान छिमेकी ८ नम्बर वडाको मोटावाडामा पुगेका थिए ।

राति ११ बजेपछि दुई पक्षबीचको विवादपछिको झडपमा थापा घाइते भएका थिए । गम्भीर घाइते थापाको उपचारका क्रममा बयालपाटा अस्पताल अछाममा मृत्यु भएको हो ।  

घटनामा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका–७ का वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्का छन् । उनीहरूलाई घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिएका छन् । 

झडप हुँदा घाइते भएपछि उपचारकै क्रममा मृत्यु भएको खुले पनि बाँकी अनुसन्धानबाट थाहा हुने डीएसपी गिरीले बताए । मृतक थापाको शव बयालपाटा अस्पतालबाट पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ ।

प्रेम विवाह गरेका छोराको खुसीयालीमा रामबहादुरले आफन्तलाई बिहेभोज दिएका थिए । आफन्त, छिमेकी र गाउँका सबैलाई भोजमा सहभागी गराइएको थियो । 

धेरैजसोले खानासमेत खाइसकेका थिए । सबैजसो नाचगानमा रमाइलोमा थिए । कोही देउडा लगाउने, कोही गफिने र केही आफ्नै रमझममा थिए । त्यहीबीचमा भएको विवादले उग्र रूप लिएपछि झडप भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : ३४ बजे

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

भोजपुर– कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि

एक महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टा नाकाबाट एक अर्ब

‘वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन’

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा