साहसिक खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिन्छ : सभामुख घिमिरे « Khabarhub

साहसिक खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिन्छ : सभामुख घिमिरे


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले साहसिक खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिने बताएका छन् । 

सोमबार काठमाडौंमा मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालको भौगोलिक अवस्थामा साहसिक खेलकुदको प्रचुर सम्भावना रहेकाले यसमार्फत खेल पर्यटनको विकास गर्न सकिने र राष्ट्रले आयआर्जन समेत गर्न सकिने बताएका हुन् ।

उनले खेल क्षेत्रको विकासका लागि सरकारले धेरै प्रयास गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको धारणा राखे। खेलले राष्ट्रियता बलियो बनाउने र देशको नाम विश्वसामु चिनाउने भएकाले यस क्षेत्रको विकास लागि सबै लाग्नुपर्ने उनले बताए ।  

मदन भण्डारी स्पोट्स् एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिता आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गरेको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १ : १५ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित