अमेरिकासँग तत्काल वार्ता सम्भावना छैन : इरानी विदेशमन्त्री « Khabarhub

अमेरिकासँग तत्काल वार्ता सम्भावना छैन : इरानी विदेशमन्त्री


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानका विदेशमन्त्री अब्बास अरागचीले इरानी जनतामाथि जारी बमबारीका बीच अमेरिकासँग वार्ताको कुनै सम्भावना रहेको बताएका छन् । 

इस्तानबुलमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘हाम्रा नागरिक बमबारी झेलिरहेका छन् । हामी यस्तो अवस्थामा अमेरिकासँग कुनै पनि प्रकारको वार्ता गर्न सक्दैनौँ ।’ 

विदेशमन्त्री अब्बास अरागचीले सुरुवातबाट नै अमेरिका इरानमाथि भइरहेको आक्रमणमा सामेल भएको पनि दाबी गरे । यद्यपि, उनले आफ्नो दाबी पुष्टि हुने गरी कुनै प्रमाण पेस भने नगरेको बीबीसीले जनाएको छ ।

अब्बासले कुराकानीका क्रममा कूटनीतिक छलफलका लागि भने इरान तयार रहेको पनि बताए । इजरायल र इरानबीच जारी युद्धमा अमेरिकाका तर्फबाट हुने कुनै पनि हस्तक्षेप खतरनाक साबित हुने चेतावनी पनि दिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ५ : १९ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण