एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल « Khabarhub

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको सङ्घर्षबाट गणतन्त्र प्राप्त भएकाले यसविरोधी गतिविधि गर्नेप्रति एमाले डटेर प्रतिकार गर्ने बताएका छन् ।

एमाले धादिङको नवौंँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र विरोधी गतिविधि गर्नेप्रति आमनागरिक, राजनीतिक दल सबै एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए । उनले एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउन विभिन्न कोणबाट भइरहेको हमलाको पार्टीले प्रतिकार गर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “हाम्रो पार्टीको राष्ट्रवादी अडानलाई कमजोर बनाउन हामीमाथि हमला भइरहेको छ । एमाले जन्मसिद्ध र वंश परम्परामा आधारित शासनसत्ताको विपक्षमा छ । आमनिर्वाचित शासनसत्ता चलाउने, र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको छ । यसमा कोहीसँग सम्झौता हुँदैन ।” जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

संविधानको सर्वोच्चता र कानुनी शासनको पक्ष, विकास र समृद्धि, सामाजिक सद्भाव कायम गर्नु सबैको दायित्व भएकाले समन्वय र सहकार्यको आवश्कता रहेको उनको भनाइ छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक समृद्ध बनाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने भन्दै यसमा पार्टीका नेता तथा कार्यकर्ताको योगदान र सहयोगको खाँचो औँल्याए ।

एमाले जिल्ला कमिटीका अध्यक्ष भूमीप्रसाद त्रिपाठीले पार्टीको सङ्गठन, सदस्यता तथा जिल्लामा अन्य पार्टीको उपस्थितिको विश्लेषणसहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरे ।

प्रथम प्रतिनिधि परिषद् उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य खेमप्रसाद लोहनी, जानुका सिङ्खडा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाललगायत नेताले पार्टीको आगामी योजना र निर्वाचन रणनीति, जनसम्पर्क अभियान तथा विचारधारात्मक स्पष्टताका विषयमा आ–आफ्ना धारणा राखेका थिए। परिषद्को नवौँ जिल्ला अधिवेशनले पार्टीको नीति र कार्यक्रमलाई अझ जनमुखी र प्रभावकारी बनाउने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिनिधि परिषद्ले दिएको मार्गदर्शन अनुसार आगामी दिनमा एमालेले साङ्गठनिक सुदृढीकरण र वैचारिक स्पष्टतालाई सशक्त बनाउने नेकपा एमाले धादिङकी सचिव राधिका सापकोटाले बताए । प्रतिनिधि परिषद्मा एमालेका पुराना नेताहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १० : ०० बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र