आन्तरिक राजस्व कार्यालयको विद्युतीय उपकरणमा क्षति « Khabarhub

आन्तरिक राजस्व कार्यालयको विद्युतीय उपकरणमा क्षति


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पर्सा– जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको कारणले आन्तरिक राजस्व कार्यालय वीरगञ्जको भवनबाहेक एक करोड मूल्यबराबरका कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको छ ।

गत भदौ २४ गतेको आगजनीका कारण आन्तरिक राजस्व कार्यालयका विभिन्न कोठामा पनि क्षति पुगेको छ । आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामेश्वरकुमार मिश्रले आन्दोलनका क्रममा करिब एक करोड मूल्य बराबरको कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।

‘कर सङ्कलन शाखामा पनि सबैभन्दा धेरै क्षति भएको छ’, उनले भने, ‘कार्यालयका कम्प्युटर, प्रिन्टरलगायत विद्युतीय उपकरण आगजनीले जल्नुका साथै लुटपाट पनि भएको छ ।’ कार्यालयका अनुसार भवनको तल्लो तलाका रहेका अधिकांश संरचनामा क्षति भएको छ । यसमध्ये एउटा कोठा त सबै जलेर नष्ट भएको जनाएको छ । (रासस)

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : ०२ बजे

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ