आन्तरिक राजस्व कार्यालयको विद्युतीय उपकरणमा क्षति « Khabarhub

आन्तरिक राजस्व कार्यालयको विद्युतीय उपकरणमा क्षति


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पर्सा– जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको कारणले आन्तरिक राजस्व कार्यालय वीरगञ्जको भवनबाहेक एक करोड मूल्यबराबरका कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको छ ।

गत भदौ २४ गतेको आगजनीका कारण आन्तरिक राजस्व कार्यालयका विभिन्न कोठामा पनि क्षति पुगेको छ । आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामेश्वरकुमार मिश्रले आन्दोलनका क्रममा करिब एक करोड मूल्य बराबरको कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।

‘कर सङ्कलन शाखामा पनि सबैभन्दा धेरै क्षति भएको छ’, उनले भने, ‘कार्यालयका कम्प्युटर, प्रिन्टरलगायत विद्युतीय उपकरण आगजनीले जल्नुका साथै लुटपाट पनि भएको छ ।’ कार्यालयका अनुसार भवनको तल्लो तलाका रहेका अधिकांश संरचनामा क्षति भएको छ । यसमध्ये एउटा कोठा त सबै जलेर नष्ट भएको जनाएको छ । (रासस)

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : ०२ बजे

काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात्

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

तनहुँ– यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’