सरकारले प्राधिकरणबाट हितेन्द्र शाक्यलाई हटायो, नयाँ कार्यकारी निर्देशकमा मनोज सिलवाल « Khabarhub

सरकारले प्राधिकरणबाट हितेन्द्र शाक्यलाई हटायो, नयाँ कार्यकारी निर्देशकमा मनोज सिलवाल


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ ।

उनलाई जलतथा ऊर्जा आयोगको विशिष्ठ श्रेणीको पदमा सरूवा गरेर पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देश बनाइएको छ।

उनी हाल अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङलाई हटाउने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयपछि २०८१ चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए।

शाक्य त्यसअघि २७ माघ २०७७ मा पनि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । तर २५ साउन २०७८ मा उनलाई हटाएर तत्कालीन शेरबहादुर देउवा नेतृत्वको कुलमानलाई नै कार्यकारी निर्देशक बनाएको थियो ।

त्यसविरुद्ध शाक्यले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै हुँदा उनी अवकाशमा गएका थिए । तर केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरणको नेतृत्वमा फर्काएको ६ महिनामै हितेन्द्रले प्राधिकरण छाड्नुपरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ४१ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा