एमालेले प्रधानमन्त्रीलाई सोध्यो-गौरीबहादुर कार्कीलाई हटाउने कि नहटाउने? « Khabarhub

एमालेले प्रधानमन्त्रीलाई सोध्यो-गौरीबहादुर कार्कीलाई हटाउने कि नहटाउने?


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले भदौ २३ र २४ गते जेनजीको आन्दोलनपछि सरकारले छानबिन गर्न बनाएको आयोगका संयोजक गौरीबहादुर कार्कीको भूमिकामाथि आशंका व्यक्त गरेको छ।

मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा आसन्न निर्वाचनका विषयमा दलका प्रतिनिधिसँग गरेको संवादमा बोल्नेक्रममा एमाले महासचिव शंकर पोखरेलले कार्कीमाथि प्रश्न उठाएका हुन्।

उनले पूर्वन्यायाधीशसमेत रहेका कार्कीलाई आयोगबाट सरकारले हटाउने कि नहटाउने भनेर प्रश्न गरे।

‘भदौ २३ र २४ गतेको छानबिन गर्न भन्दै सरकारले आयोग बनाएको छ,’ उनले प्रधानमन्त्रीसँग भने, ‘तर, छानबिन समितिको व्यक्ति विवादास्पद हुनुहुन्छ। यस्तो भइसकेपछि कि उहाँ आफैँ हट्नुपर्छ, कि सरकारले हटाउनुपर्छ। हटाउने कि नहटाउने जानकारी दिनुहोला।’

उनले आगामी निर्वाचनमा भाग लिने नलिने विषयमा केही बताएनन्। पोखरेलले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक निरुपणको विषय बनिसकेकाले यसबारे अदालतले दिने आदेशले नै नयाँ मार्ग तय हुने बताए।

त्यस्तै उनले जेनजी आन्दोलनको क्रममा प्रहरीको भूमिका शंकास्पद देखिएको पनि बताए। उनले भने, ‘भदौ २३ गते भएको आन्दोलनमा प्रहरीको भूमिका आशंका गर्ने खालको देखियो। १२–१५ हजारको भीड पनि नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको हो नेपाल प्रहरी?’

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ९ : ५० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको