पाकिस्तानमा अफगान शरणार्थी र आप्रवासी पक्राउ पर्ने क्रम ह्वात्तै बढ्यो « Khabarhub

पाकिस्तानमा अफगान शरणार्थी र आप्रवासी पक्राउ पर्ने क्रम ह्वात्तै बढ्यो


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा अफगान शरणार्थी र आप्रवासी पक्राउ पर्ने क्रम ह्वात्तै बढेको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार बलोचिस्तानको क्वेट्टा र चगइ तथा पञ्जाबको अटोक क्षेत्रमा सबैभन्दा धेरै अफगान आप्रवासी पक्राउ परेका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायको प्रतिवेदन अनुसार यस वर्ष सन् २०२५ को हालसम्म १ लाख ९ सय ७१ जना अफगान पक्राउ परेका छन् । अघिल्लो वर्ष केबल ९ हजार ६ जना अफगान पक्राउ परेका थिए । सन् २०२३ मा भने २६ हजार २ सय ९९ जना पक्राउ परेका थिए ।

राष्ट्रसंघीय शरणाार्थी निकाय यूएनएचसीआरका अनुसार सन् २०२३ अफगान नागरिकता पत्रवाहक कति व्यक्तिलाई पक्राउ गरिन्थ्यो भन्नेबारे तथ्याङ्क राख्ने गरिएको थिएन । सन् २०२३ को जनवरीदेखि मात्रै अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले तथ्याङ्क राख्न थालेको हो ।

नोभेम्बर महिनाको २ देखि ८ तारिखसम्म पाकिस्तानमा १३ हजार ३ सय ८० जना अफगान आप्रवासी पक्राउ परेका छन् । यीमध्ये ७६ प्रतिशत अफगान नागरिकता पत्र तथा कागजातविहीन अफगानहरु छन् ।

यीमध्ये अधिकांश ४३ प्रतिशत पञ्जाब प्रान्तबाट पक्राउ परेको डनले उल्लेख गरेको छ । त्यसैगरी, ४१ प्रतिशत चाहिँ बलोचिस्तान प्रान्तबाट पक्राउ परेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : २८ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा