पाकिस्तानमा अफगान शरणार्थी र आप्रवासी पक्राउ पर्ने क्रम ह्वात्तै बढ्यो « Khabarhub

पाकिस्तानमा अफगान शरणार्थी र आप्रवासी पक्राउ पर्ने क्रम ह्वात्तै बढ्यो


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा अफगान शरणार्थी र आप्रवासी पक्राउ पर्ने क्रम ह्वात्तै बढेको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार बलोचिस्तानको क्वेट्टा र चगइ तथा पञ्जाबको अटोक क्षेत्रमा सबैभन्दा धेरै अफगान आप्रवासी पक्राउ परेका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायको प्रतिवेदन अनुसार यस वर्ष सन् २०२५ को हालसम्म १ लाख ९ सय ७१ जना अफगान पक्राउ परेका छन् । अघिल्लो वर्ष केबल ९ हजार ६ जना अफगान पक्राउ परेका थिए । सन् २०२३ मा भने २६ हजार २ सय ९९ जना पक्राउ परेका थिए ।

राष्ट्रसंघीय शरणाार्थी निकाय यूएनएचसीआरका अनुसार सन् २०२३ अफगान नागरिकता पत्रवाहक कति व्यक्तिलाई पक्राउ गरिन्थ्यो भन्नेबारे तथ्याङ्क राख्ने गरिएको थिएन । सन् २०२३ को जनवरीदेखि मात्रै अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले तथ्याङ्क राख्न थालेको हो ।

नोभेम्बर महिनाको २ देखि ८ तारिखसम्म पाकिस्तानमा १३ हजार ३ सय ८० जना अफगान आप्रवासी पक्राउ परेका छन् । यीमध्ये ७६ प्रतिशत अफगान नागरिकता पत्र तथा कागजातविहीन अफगानहरु छन् ।

यीमध्ये अधिकांश ४३ प्रतिशत पञ्जाब प्रान्तबाट पक्राउ परेको डनले उल्लेख गरेको छ । त्यसैगरी, ४१ प्रतिशत चाहिँ बलोचिस्तान प्रान्तबाट पक्राउ परेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : २८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको