शेखरको आशंका- कांग्रेस एमालेकरण भएको हो की ? « Khabarhub

शेखरको आशंका- कांग्रेस एमालेकरण भएको हो की ?


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशनलाई आम निर्वाचनपछि धकेल्न खोजे कांग्रेस कमजोर हुने बताएका छन् ।

शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूलाई चियापान कार्यक्रमको आयोजना गर्दै कोइरालाले तोकिएको समयमा नै पार्टीको महाधिवेशन हुनुपर्ने भन्दै महाधिवेशनलाई आम निर्वाचनपछि धकेल्न खोजे कांग्रेस कमजोर हुने बताएका हुन् ।

समयमा नै महाधिवेशन सम्पन्न गर्न सबैले पार्टी नेतृत्वलाई दबाब दिनुपर्ने उनले बताए । कोइरालाले दुई दलीय गठबन्धन बनाएपछि भएका गतिविधि हेर्दा कांग्रेस एमालेकरण भएको हो की जस्तो देखिएको भन्दै चिन्ता व्यक्त गरे।

कांग्रेस ठूलो पार्टी भए पनि आफ्नो नेतृत्वमा भन्दा पनि अरूको नेतृत्वमा सरकारमा सहभागी हुनु उचित नभएको उनले बताए ।

त्यस्तै कोइरालाले सरकारको गलत कामलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । पार्टीभित्र कसैलाई पनि अन्याय हुन नदिने उनको भनाइ छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १ : २५ बजे

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै