माल्दिभ्समा चम्किएकी कामना बिष्ट « Khabarhub

माल्दिभ्समा चम्किएकी कामना बिष्ट


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै चम्किएकी छिन्। अक्टोबर १३ देखि ३० तारिखसम्म चल्ने प्रतियोगितामा उनी माल्दिभ्सकै नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट खेलिरहेकी छन्।

पहिलो खेलमा नैफारूले २५-१२, २५-०२ र २५-२१ को सोझो सेटमा ३-० को जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गरेको थियो। दोस्रो खेलमा भने टिमले निकै मिहिनेत गर्दै २५-२१, २२-२५, २५-२२ र २५-१० को सेट स्कोरसहित ३-१ को जीत दर्ता गर्‍यो। तेस्रो खेल अझ रोचक रह्यो। यो खेल दुई नेपाली खेलाडीहरूबीचको भिडन्त थियो।

कामनाको नैफारू क्लब र उषा भण्डारीको टिम आमनेसामने हुँदा रोमाञ्चक पाँच सेटसम्म खेल लम्बिएको थियो। तीव्र प्रतिस्पर्धामा कामनाको टिमले २१-२५, २५-२१, ०७-२५, २५-१३ र १५-१३ को नतिजासहित ३-२ को जित हात पार्‍यो। कामनाले तीनै खेलमा ‘प्लेयर अफ द म्याच’को उपाधि जित्दै आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएकी छन्। उनको उत्कृष्ट स्पाइक, बलियो ब्लक र खेलप्रतिको समर्पणले टिमलाई लगातार जिततर्फ डोरेको छ।

हालसम्म नैफारूले तीनै खेलमा जित दर्ता गर्दै सेमिफाइनल यात्राको ढोका लगभग खोलेको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको यस्तो निरन्तर प्रदर्शनले नेपाली भलिबलको स्तर र गौरवलाई थप उच्च बनाएको छ। कामना बिष्टको यो उपलब्धि केबल व्यक्तिगत सफलता होइन, नेपाली महिला भलिबलको इतिहासमा अर्को प्रेरणादायी अध्याय बनेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ९ : १६ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि