जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम « Khabarhub

जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढेको छ। फ्लू इन्फ्लुएन्जा भाइरसले गर्दा लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा यो भाइरस धेरै सक्रिय हुने भएकाले सबै उमेरका व्यक्तिहरूलाई फ्लू लाग्नसक्ने हुन्छ ।

जनरल फिजिसियन डा परशुराम घिमिरेका अनुसार विशेषगरी चिसो बढ्न थालेपछि श्वासप्रश्वासका समस्या बढी देखिन थाल्छ । जसमा छाती, मुख, नाक तथा फोक्सोमा सङ्क्रमण बढ्नसक्ने सम्भावना धेरै हुन्छ ।

फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकका व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्दछ । ती छिटा श्वासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ ।

 डा. घिमिरेले फ्लू भएका अधिकांशलाई एन्टिभाइरल औषधिहरू आवश्यक नपरे पनि दीर्घरोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई अलि बढी जोखिम धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीहरूको निगरानीमा बस्नुपर्ने बताउँछन्।

‘जो–जो जोखिम वर्ग छन् विशेषगरी दीर्घरोगीहरू सुगर, प्रेसर, टिबीलगायत रोगप्रतिरोधात्मक क्षमता कम गर्ने खालका रोगहरू भएकालाई फ्लूलगायत अरु सङ्क्रमण हुने सम्भावना अलिक बढी हुन्छ’, उनले भने। 

फूलू भएकालाई टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जीउ र मांसपेशी दुख्ने, नाक बन्द हुने, थकान महसुस हुने लगायतका लक्षणहरु देखिन सक्छन् तर तर फ्लू भएका सबैलाई ज्वरो नलाग्न पनि सक्छ ।

चिकित्सकका अनुसार यसलाई रोकथाम गर्न बिरामी भएका व्यक्तिहरूसँग भौतिक दूरी राख्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, आफ्नो आँखा, नाक वा मुख नछुने, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने गर्नुपर्छ ।

जनरल फिजिसियन डा परशुराम घिमिरेका अनुसार फ्लूबाट बच्न न्यानो कपडा लगाउने, तातो ठाउँमा बस्नुपर्छ ।

‘सकेसम्म पानी झोल अथवा खानेकुराहरू प्रशस्तमात्रामा खानुपर्‍यो । मास्कको प्रयोग गर्ने, स्वस्थ्यकर खानपानमा ध्यान दिनुपर्छ, निमोनिया तथा फ्लूको खोप पाइन्छ । त्यो पनि लगाउँदा जोगिन सकिन्छ’, डा. घिमिरेले बताए । 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  २ : ४९ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका