पाकिस्तान पर्‍यो सबैभन्दा कम ‘सहनशील’ मुलुकको सूचीमा « Khabarhub

पाकिस्तान पर्‍यो सबैभन्दा कम ‘सहनशील’ मुलुकको सूचीमा


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान सबैभन्दा कम ‘सहनशील’ मुलुकको सूचीमा परेको छ । हालै हेन्ले एण्ड पार्टनर्सले जारी गरेको लगानी जोखिम तथा सहनशीलता सूचकांकमा पाकिस्तानमा सबैभन्दा कम सहनशील मुलुकको सूचीमा परेको हो ।

उक्त सूचकांकमा पाकिस्तान २ सय २६ मुलुकमध्ये २ सय २२ औँ स्थानमा परेको छ । यस तथ्याङ्कबाट आर्थिक समस्याका कारण उत्पन्न हुने झड्का सहन गर्ने पाकिस्तानको क्षमता कमजोर रहेको प्रष्ट हुने फ्राइडे टाइम्सले जनाएको छ ।

संरचनागत कमजोरी, चक्रीय हस्तक्षेपमा निर्भरताजस्ता कारणले पाकिस्तानको स्तर कमजोर देखिएको समाचारमा जनाइएको छ । राजनीतिक र शासन संयन्त्रको हकमा पछिल्ला केही दशकयता पाकिस्तानमा लगानीकर्ताहरूले उल्लेखनीय नीतिगत अस्थीरताको सामना गरिरहेका छन् ।

वित्तीय र आर्थिक हिसाबमा पनि पाकिस्तानको कर–जीडीपी अनुपात १०.६% कायम छ । यो अपर्याप्त रहेको जानकारहरु बताउँछन् । यस कारण राज्यलाई सार्वजनिक खर्चको वित्तीय व्यवस्थापन गर्नका लागि ऋण लिनुपर्ने बाध्यता छ ।

हालै आएको बाढीले करिब २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति पु¥याएको अनुमान गरिएको छ । यसबाट पनि पाकिस्तानी अर्थव्यवस्थामा नकारात्मक असर परेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ५ : ५६ बजे

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त