मधेस प्रदेशसभा बैठक जसपा र माओवादीले गरे अवरुद्ध « Khabarhub

मधेस प्रदेशसभा बैठक जसपा र माओवादीले गरे अवरुद्ध


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जसपा नेपाल र प्रतिपक्षी नेकपा माओवादी केन्द्रले मधेस प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।

प्रदेशसभा बैठक सुरु भएलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले बैठक चल्न नदिने चेतावनी दिए । उनले मुख्यमन्त्री कूटनीतिक मर्यादाविपरीत विदेश गएको, कमिशन लिएर पालिकालाई सशर्त बजेट दिने गरेको, संघका कर्मचारीसँग मोटो रकम लिएर जिम्मेवारी दिने गरेको लगायतका आरोपमाथि मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।

जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले सरकारले जिल्लास्थित कार्यालयको योजनाहरू मन्त्रीको सचिवालयबाट वितरण हुने गरेकोमा आपत्ति जनाए । उनले भने, ‘प्रदेशसभा सदस्यहरूले डेढ करोड र ५ करोडको योजना पाए कि पाएनन् भन्ने विषय पनि छ । यसका लागि संसदीय छानबिन समिति बनाउनुपर्छ ।’

माओवादी र जसपा नेपालका सांसदहरू संसद् अवरुद्ध पारेपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ७ : ०६ बजे

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल