जेन-जी आन्दोलनमा ज्यान गुमाएकालाई सम्झिँदै विश्वप्रकाश: घरमा देउसीलाई स्वागत गर्न सकिएन « Khabarhub

जेन-जी आन्दोलनमा ज्यान गुमाएकालाई सम्झिँदै विश्वप्रकाश: घरमा देउसीलाई स्वागत गर्न सकिएन


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हालै भएको जेन-जी आन्दोलनका सम्झँदै यसपटकको तिहारमा आफ्नो घरमा बत्ती नबलेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा युवाहरूको ज्यान गएको, देश जलिरहँदा जोगाउन हस्तक्षेप गर्न नसकेको पीडाले तिहार मनाउन नसकेको भनेका छन्।

शर्माले आफ्ना शुभचिन्तकसँग माफी पनि मागेका छन्। ‘तपाईंकोमा देउसी खेल्न आउने भनेको यतै हुनुन्छ कि उता? केही मित्रको टेलिफोन जिज्ञासामा भन्ने गरेको छु- यसपालि देउँसीमा घरको आँगनमा स्वागत गर्न सकेनौं, क्षमा पाउँ।’

विगतका वर्षमा झापास्थित धुलाबारीको घरको आँगनमा देउसी खेलेको सम्झिँदै यसपटक देउसी खेल्न मनले नमानेको बताएका छन्।

‘दशैंको टिका र तिहारको भाइटिका लगाइएन यसपालि। भदौ २३ को प्रदर्शनमा त्यतिका अमूल्य जीवन गुम्न नदिन र २४ गते देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर टीका लगाउन सकिएन,’ उनले भनेका छन्, ‘हरेक बर्ष मेचिनगर धुलाबारीको आँगनमा दुइसय बढी देउसी टिमलाई स्वागत गरिन्थ्यो। लक्ष्मीपूजादेखि भाइटिका सकिएर पनि अझै २ दिनसम्म। बिहान ७‍ बजेदेखी राति २‍ बजेसम्म।’

यसपटक विगतमा झैँ शुभकामना साटासाट गर्न नसकेको भन्दै उनले माफी मागेका छन्।
‘गाउँले साथीभाई, संघसंस्था, व्यक्तिगत भेटघाट, शुभकामना साटासाट बेग्लै रौनक हुन्थ्यो धुलाबारीमा। तर यसपालि मनले त्यो मागेन, मानेन, खोजेन। आगजनीमा परेको धुलाबारीको घरमा यसपालि तिहारको बत्ती बलेन,’ उनले भने, ‘काठमाडौमा रहेको डेरा पनि आगजनीमा परेपछि, डेराबाट पनि डेरामा सर्नुपर्दा यहाँ पनि देउसीलाई स्वागत गर्न सकिएन। यसबाट पर्न गएको असुविधाप्रती सबै आदरणीय मित्रहरूसँग नम्रतापुर्वक क्षमा चाहन्छु।’

उनले अब सबै बद्लिएर समाज बदल्न र कसैप्रति वैरभाव राख्न पनि सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ८ : ४१ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको