पुटिन र जयशङ्करबीच भेटवार्ता « Khabarhub

पुटिन र जयशङ्करबीच भेटवार्ता


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशङ्करले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । शाङ्घाइ सहयोग संगठन एससीओको कार्यक्रममा सहभागी हुन रुस पुगेका विदेशमन्त्री जयशङ्करले राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा विदेशमन्त्री जयशङ्करले आतंकवादका विरुद्धमा भारतको दृढ प्रतिबद्धता दोहो¥याएका छन् । भेटवार्तामा उनले एससीओले पृथकतावाद र अतिवादविरुद्ध दृढ अडान लिनुपर्ने धारणा राखेका थिए ।

उनले एससीओको स्थापना नै आतंकवाद, पृथकतावाद र अतिवाद गरी तीन खराबीविरुद्ध लड्न भएको स्मरण गर्दै विदेशमन्त्री जयशङ्करले यसविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्नेमा जोड दिए । उनले आफ्ना नागरिकलाई आतंकवादबाट जोगाउने अधिकार भारतसँग सुरक्षित रहेको उल्लेख गर्दै भारतले यस अधिकारको उपयोग गर्ने पनि स्पष्ट पारे ।

गत अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतंककारी हमला र केही साताअघि दिल्लीको लाल किला नजिकै भएको कार बम विष्फोटको सन्दर्भमा विदेशमन्त्रीले यस्तो बयान दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भेटवार्ताका क्रममा उनले एससीओमा सुधारको खाँचो पनि औँल्याएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ५ : ०० बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात