पुटिन र जयशङ्करबीच भेटवार्ता « Khabarhub

पुटिन र जयशङ्करबीच भेटवार्ता


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशङ्करले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । शाङ्घाइ सहयोग संगठन एससीओको कार्यक्रममा सहभागी हुन रुस पुगेका विदेशमन्त्री जयशङ्करले राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा विदेशमन्त्री जयशङ्करले आतंकवादका विरुद्धमा भारतको दृढ प्रतिबद्धता दोहो¥याएका छन् । भेटवार्तामा उनले एससीओले पृथकतावाद र अतिवादविरुद्ध दृढ अडान लिनुपर्ने धारणा राखेका थिए ।

उनले एससीओको स्थापना नै आतंकवाद, पृथकतावाद र अतिवाद गरी तीन खराबीविरुद्ध लड्न भएको स्मरण गर्दै विदेशमन्त्री जयशङ्करले यसविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्नेमा जोड दिए । उनले आफ्ना नागरिकलाई आतंकवादबाट जोगाउने अधिकार भारतसँग सुरक्षित रहेको उल्लेख गर्दै भारतले यस अधिकारको उपयोग गर्ने पनि स्पष्ट पारे ।

गत अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतंककारी हमला र केही साताअघि दिल्लीको लाल किला नजिकै भएको कार बम विष्फोटको सन्दर्भमा विदेशमन्त्रीले यस्तो बयान दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भेटवार्ताका क्रममा उनले एससीओमा सुधारको खाँचो पनि औँल्याएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ५ : ०० बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै