अर्थसंक्षेप : अमेरिकी अनुदानका अरू सात कार्यक्रम स्थगित, पाथीभरा केबलकार विवाद वार्ताबाट समाधान गर्न माग | Khabarhub Khabarhub

अर्थसंक्षेप : अमेरिकी अनुदानका अरू सात कार्यक्रम स्थगित, पाथीभरा केबलकार विवाद वार्ताबाट समाधान गर्न माग


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सहयोग नियोग (युएसएआईडी) ले नेपालमा सञ्चालन गरेका अरु सातवटा कार्यक्रम पनि स्थगित भएका छन् । आइतबार ११.६६ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि झिनो अंकले बढेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाल समृद्ध बन्न सक्छ भन्दै ढिलो चाँडो आर्थिक तथा सामाजिक विकासको गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बन्न लागेको ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको आज शिलान्यास गरेका छन् ।

आजका आर्थिक समाचार :

सम्झौता प्रक्रियामा रहेकासहित अमेरिकी अनुदानका अरू सात कार्यक्रम स्थगित

अमेरिकी सहयोग नियोग (युएसएआईडी) ले नेपालमा सञ्चालन गरेका अरु सातवटा कार्यक्रम पनि स्थगित भएका छन् । अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर ती कार्यक्रमहरू स्थगित भएका जानकारी दिएको हो ।

‘नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले लामो समयदेखि सहयोग गर्दै आएको छ’, विभिन्न कार्यक्रम रोकिएबारे मन्त्रालयले वक्तव्यमा भनेको छ, ‘अमेरिकी सहयोग नियोगबाट नेपालमा सन् १९५१ देखी निरन्तर रूपमा अनुदान सहायतामार्फत् विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।’

सोमबार पनि नेप्सेमा सामान्य सुधार, कारोबार रकम ११ अर्ब बढी

आइतबार ११.६६ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि झिनो अंकले बढेको छ । ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको २ करोड ११ लाख १० हजार ६१९ कित्ता कारोबार हुँदा आज नेप्से ३.३५ अंकले बढेको हो।

सोमबार सामान्य सुधार भएको नेप्सेमा बैंकिङ, लगानी, म्यानुफ्याक्चरिङ र अन्य समूह बाहेक सबैको सूचक घट्न पुगेको छ । आज कारोबार गरेका कम्पनीमध्ये ९२ वटाको शेयर मूल्य वृद्धि भएको भयो भने १४३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । साथै ९ वटा कम्पनीको शेयर मूल्य यथावत् रहेको छ ।

कुलमानलाई प्राधिकरणबाट हटाउन हुँदैन, चार वर्ष फेरी मौका दिनुपर्छ : मन्त्री तामाङ

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउन नहुने बताएका छन् । सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री तामाङले कुलमानले प्राधिकरणलाई घाटाको अवस्थाबाट अहिलेको अवस्थामा ल्याएको भन्दै अहिले प्राधिकरणबाट हटाउन नहुने बताएका हुन् ।

उनले नेपालको विद्युत् क्षेत्रको विकासमा धेरै महत्त्वपूर्ण भूमिका कुलमानको रहेको भन्दै हटाउने विषयमा बाहिर आएका चर्चा हल्ला मात्र भएको धारणा राखे । आगामी साउन २७ गतेसम्म कुलमानको कार्यकाल रहेको र आगामी चार वर्षका लागि फेरी मौका दिनुपर्ने उनको भनाइ छ ।

सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बन्न लागेको ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको आज शिलान्यास गरेका छन् ।

कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपन्छी विकास निर्देशनालयको परिसरमा उक्त भवन निर्माण गर्न लागिएको हो । चार करोड ८५ लाखको लागतमा सो भवन निर्माण गर्न लागिएको हो ।

जलविद्युत् क्षेत्र नेपालको समृद्धिको मेरुदण्ड : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाल समृद्ध बन्न सक्छ भन्दै ढिलो चाँडो आर्थिक तथा सामाजिक विकासको गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। खाडी मुलुकका नेपाली जनसम्पर्क समितिहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेका डा। महतले नेपाली जनसम्पर्क समिति, दुबईको विशेष कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

उनले नेपालको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै केही तत्त्वहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै निराशावादी सोच फैलाउने प्रयास गरिरहेको बताएका छन्।

‘भन्सारमा जफत गरिएका सामग्री समयमै लिलाम गर्नुपर्छ’

प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर खनालले भन्सार कार्यालयले जफत गरेका सामान समयमै लिलाम गरेर राजस्व संकलन बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद खनालले राजस्व छलेर ल्याइएका सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले जफत गरेको लामो समयसम्म पनि ती सामान लिलामी बिक्री नहुँदा खेर गइरहेको बताए।

पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्न माग

सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँले सरकार र आन्दोलनरत पक्षबिच समस्या समाधान वार्तामार्फत हुनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनले स्थानीयलाई दमन गरेर नभई सहकार्य गरेर सद्भावपूर्ण वातावरण निर्माण गरी समस्या समाधान गर्न आवश्यक रहेको बताइन्। सांसद झाले सरकारसँगै आन्दोलनरत स्थानीयलाई पनि विकास निर्माणप्रति सचेत रहन आग्रह गरिन् ।

मुक्तकमैया परिवारलाई तत्काल मुआब्जा दिन सांसद साउदको माग

नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्तकमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै कञ्चनपुर–२ बाट निर्वाचित कांग्रेस सांसद साउदले सिचाईं परियोजनाबाट प्रभावित शुक्लाफाँटा नगरपालिका– ८ र ९ मा बसोबास गर्दै आएका मुक्तकमैयालाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।

केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री निर्माण

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो ।

आर्थिक वर्ष २०७९–८० मा प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालनमा आएको हो । एक करोड लागत साझेदारी रहेको उक्त परियोजनामार्फत व्यावसायिकता अभिवृद्धिका लागि हस्तकलाका सामग्री बनाउने ४५ दिने तालिम दिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ७ : ०२ बजे

परिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि

अण्डाको मूल्य बढ्यो

चितवन – आजैदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ

बागलुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं – बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्धः परराष्ट्रमन्त्री देउवा

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण