जलवायु परिवर्तनको विषयमा अन्तर्राष्ट्रिय अदालतको ऐतिहासिक निर्णय « Khabarhub

जलवायु परिवर्तनको विषयमा अन्तर्राष्ट्रिय अदालतको ऐतिहासिक निर्णय

पीडित देशलाई न्याय मिल्ने अपेक्षा


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जलवायु परिवर्तनको विषयमा संयुक्त राष्ट्र सङ्घीय अदालतले महत्त्वपूर्ण निर्णय गरेको छ। अहिले जीवाश्म इन्धनका कारण वातावरणमा समस्या पर्दै गएपछि एक देशले अर्को देशलाई आफ्नो देशमा असर गर्ने काम गरेमा मुद्दा लगाउन सक्ने निर्णय गरेको छ।

यसका बाबजुद कुन देशका कारण जलवायु परिवर्तनमा असर गरिरहेको भन्ने ठहर गर्ने काम एकदमै कठिन भएको नेदरल्यान्ड्सको हेगस्थित अदालतका न्यायाधीशले बताएका छन्। अहिलेको यो निर्णयले सबैलाई बाँध्न नसके पनि धेरै फराकिलो क्षेत्रमा असर रहने बताइएको छ। जलवायु परिवर्तनका कारण समस्या परेका धेरै देशले आफूले यसको सामना गर्न कठिन भएमा कानुनी बाटो पनि अवलम्बन गर्न सक्ने छन्।

अन्तर्राष्ट्रिय अदालतमा प्यासिफिक टापुमा रहेका युवा कानुन विद्यार्थीले अपिल गरेपछि यो निर्णय भएको हो।

सन् २०१९ देखि जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका युवामा यो उपाय पलाएको हो। टोंगोका सिबोस्ना भाइकुने यो निर्णय सुन्न हेग पुगेका थिए।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ६ : १९ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक