केपी ओलीलाई सी चिनिफिङसँग तुलना गर्दै लीलानाथ भन्छन् : विद्या भण्डारीको सदस्यता खारेज भएको छैन « Khabarhub

केपी ओलीलाई सी चिनिफिङसँग तुलना गर्दै लीलानाथ भन्छन् : विद्या भण्डारीको सदस्यता खारेज भएको छैन


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का नेता लीलानाथ श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज नभएको दाबी गरेका छन् ।

भण्डारीको पार्टी सदस्यताबारे उपयुक्त समयमा उपयुक्त निर्णय हुने श्रेष्ठले बताए । तर, अहिले पार्टीको निर्णय शिरोधार्य गर्नु आफूहरूको धर्म भएको उनले बाएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा बोल्दै उनले भण्डारीको पार्टी सदस्यता नवीकरणका सवालमा पार्टीको आधिकारिक च्यानल र प्रवक्ताबाट धारणा सार्वजनिक भएकोले आफ्नो पनि त्यही धारणा भएको बताए ।

‘हाम्रो पार्टीमा निरंकुशता छैन । प्रतिष्पर्धा गरेर अघि बढ्ने हो । अहिले हामीले कसैलाई कारबाही गरेको छैन । हामी कारबाही गर्ने पक्षमा छैनौं । विद्यादेवी भण्डारीको हाम्रो पार्टीमा ठूलो योगदान छ’, उनले भने, ‘उहाँको सदस्यता खारेज गरेको छैन । उपयुक्त समयमा सदस्यताबारे छानबिन गरेर उपयुक्त निर्णय हुन्छ । विद्या भण्डारी हाम्रो जिम्मेवार अभिभावक हो । उहाँको पनि यो पार्टी बनाउन योगदान छ । उहाँले पार्टी फुटाउने काम गर्नुहुन्न । हामी त पार्टीको कुरा शिरोधार्य गर्छौं ।’

उनले नेपालमा अहिलेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीजत्तिको राष्ट्रवादी व्यक्ति अर्को नभएको बताए ।

‘केपी ओली राष्ट्रवादी व्यक्ति हो । बहुदलीय व्यवस्था आएदेखि कसैले उठाउन नसकेको कालापानी, लिपुलेक, लिम्पियाधुरा सिमाको विषय उठाउनुभयो । संविधान संशोधन गरेर पास गरेको होइन ? भारतको नाकाबन्दी खुलाउनु भयो’, उनले भने, ‘अनि चीनसँग पारवाहन सन्धि र व्यापार सन्धि गरेको होइन ?यो काम कसैलेपनि गर्न सकेको थिएन । एमाले अध्यक्ष केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी चिनफिङभन्दा कम होइन । हाम्रो सरकारले भूमि फिर्ता लिन भारतसँग मित्रवत् रुपमा कुरा राख्छ । हाम्रो भूमि संसद्बाट संविधान संशोधन गरेर पास गरेका छौं ।’

एमालेको मधेश प्रदेशका ईन्चार्ज तथा स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री श्रेष्ठले मधेश प्रदेश यतिवेला खडेरीको मारमा परेको बताए ।

‘मधेशमा खडेरी परेको छ । मैले त आज सदनमा पनि खानेपानी र खडेरीको लागि विशेष वैकल्पिक व्यवस्था गर्नुपर्छ भनेको छु । साउन १५ गतेपछि धान रोपाईं हुँदैन । मधेशमा अहिले ४९ प्रतिशतमात्रै रोपाईं भएको छ’, उनले भने, ‘५१ प्रतिशत बाँकी छ । मधेश अन्नको भण्डार हो । जलवायु परिवर्तनको कारण हिमाल कालो भएका छन् । सबैतिर तापक्रम बढेको छ । हिमालमा अझै तापक्रम बढेको छ ।’

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ५ : ०५ बजे

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक

गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप

इरान युद्धमा साउदीको पनि प्रवेश : अमेरिकासँग मिलेर इराकमा आक्रमण, इरान समर्थक २० लडाकु मारिए

तेहरान- इरानसँग जारी तनावका बीच साउदी अरब पनि युद्धको मोर्चामा