केपी ओलीलाई सी चिनिफिङसँग तुलना गर्दै लीलानाथ भन्छन् : विद्या भण्डारीको सदस्यता खारेज भएको छैन | Khabarhub Khabarhub

केपी ओलीलाई सी चिनिफिङसँग तुलना गर्दै लीलानाथ भन्छन् : विद्या भण्डारीको सदस्यता खारेज भएको छैन


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का नेता लीलानाथ श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज नभएको दाबी गरेका छन् ।

भण्डारीको पार्टी सदस्यताबारे उपयुक्त समयमा उपयुक्त निर्णय हुने श्रेष्ठले बताए । तर, अहिले पार्टीको निर्णय शिरोधार्य गर्नु आफूहरूको धर्म भएको उनले बाएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा बोल्दै उनले भण्डारीको पार्टी सदस्यता नवीकरणका सवालमा पार्टीको आधिकारिक च्यानल र प्रवक्ताबाट धारणा सार्वजनिक भएकोले आफ्नो पनि त्यही धारणा भएको बताए ।

‘हाम्रो पार्टीमा निरंकुशता छैन । प्रतिष्पर्धा गरेर अघि बढ्ने हो । अहिले हामीले कसैलाई कारबाही गरेको छैन । हामी कारबाही गर्ने पक्षमा छैनौं । विद्यादेवी भण्डारीको हाम्रो पार्टीमा ठूलो योगदान छ’, उनले भने, ‘उहाँको सदस्यता खारेज गरेको छैन । उपयुक्त समयमा सदस्यताबारे छानबिन गरेर उपयुक्त निर्णय हुन्छ । विद्या भण्डारी हाम्रो जिम्मेवार अभिभावक हो । उहाँको पनि यो पार्टी बनाउन योगदान छ । उहाँले पार्टी फुटाउने काम गर्नुहुन्न । हामी त पार्टीको कुरा शिरोधार्य गर्छौं ।’

उनले नेपालमा अहिलेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीजत्तिको राष्ट्रवादी व्यक्ति अर्को नभएको बताए ।

‘केपी ओली राष्ट्रवादी व्यक्ति हो । बहुदलीय व्यवस्था आएदेखि कसैले उठाउन नसकेको कालापानी, लिपुलेक, लिम्पियाधुरा सिमाको विषय उठाउनुभयो । संविधान संशोधन गरेर पास गरेको होइन ? भारतको नाकाबन्दी खुलाउनु भयो’, उनले भने, ‘अनि चीनसँग पारवाहन सन्धि र व्यापार सन्धि गरेको होइन ?यो काम कसैलेपनि गर्न सकेको थिएन । एमाले अध्यक्ष केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी चिनफिङभन्दा कम होइन । हाम्रो सरकारले भूमि फिर्ता लिन भारतसँग मित्रवत् रुपमा कुरा राख्छ । हाम्रो भूमि संसद्बाट संविधान संशोधन गरेर पास गरेका छौं ।’

एमालेको मधेश प्रदेशका ईन्चार्ज तथा स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री श्रेष्ठले मधेश प्रदेश यतिवेला खडेरीको मारमा परेको बताए ।

‘मधेशमा खडेरी परेको छ । मैले त आज सदनमा पनि खानेपानी र खडेरीको लागि विशेष वैकल्पिक व्यवस्था गर्नुपर्छ भनेको छु । साउन १५ गतेपछि धान रोपाईं हुँदैन । मधेशमा अहिले ४९ प्रतिशतमात्रै रोपाईं भएको छ’, उनले भने, ‘५१ प्रतिशत बाँकी छ । मधेश अन्नको भण्डार हो । जलवायु परिवर्तनको कारण हिमाल कालो भएका छन् । सबैतिर तापक्रम बढेको छ । हिमालमा अझै तापक्रम बढेको छ ।’

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ५ : ०५ बजे

निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुन्छ : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको

ट्रंकलाइन विवाद : संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको

लिबियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा १८ जनाको मृत्यु

त्रिपोली– पश्चिमी लिबियाको जाविया तटमा  आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल

२५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका अस्थायी सिकाइमा सहभागी : युएनआरडब्लुए

न्युयोर्क– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी