स्वास्थ्य बीमा कार्यक्रम : काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा | Khabarhub Khabarhub

स्वास्थ्य बीमा कार्यक्रम : काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा सुरु गरेको छ । सो बिन्दुबाट सेवा सुरु गरेपछि जिल्लामा बीमाअन्तर्गत उपचार गर्ने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ । 

उक्त केन्द्रले आजदेखि स्वास्थ्य बीमाको प्रथम सेवा प्रदान गरेको केन्द्र प्रमुख कोपिला कार्कीले बताइन् । उनकाअनुसार उक्त केन्द्रलाई आधारभूत अस्पतालका रूपमा व्यवस्थापन गर्न तत्कालै आवश्यक जनशक्ति तथा भौतिक संरचनासमेत निर्माण गर्न लागिएको छ । 

जनशक्तिको अभाव देखाउँदै सेवा सुरु नगरेको पाँचखाल नगरले आवश्यक व्यवस्थापन गरी आजदेखि औपचारिक रूपमा नियमित सेवा सुरु गरेको जनाएको हो ।

यसअघि साउन अन्तिमसाता बीमा बोर्डसँग सम्झौता गरी जिल्लाको सबैभन्दा पूरानो बनेपा नगरपालिकाद्वारा सञ्चालित बनेपा आधारभूत अस्पताल र मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पताल स्वास्थ्य बीमा बोर्डमा आबद्ध भई गत भदौदेखि सेवा सुरु गरेका थिए । त्यसअघि सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृति पाइसकेका थिए ।

धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्र भवनको सेवालाई गत साउन २६ देखि धुलिखेल अस्पताल परिसरबाट सेवा सुरु गरेको छ । यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सेवा दिन आलटाल गरिरहेको थियो । 

नगरले धुलिखेल अस्पतालमा बीमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरबाटै चिकित्सक, नर्स, औषधिसहित ‘रिफरल’ सेवा सुरु गरिएको जनाएको छ ।

गत साउन १ देखि सरकारले सरकारी स्वास्थ्य संस्था नै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हुने नियम लागू गरेको थियो । विसं २०७६ मङ्सिर १ गतेदेखि प्रथम सेवा विन्दुको रूपमा सूचीकृत मेथिनकोट अस्पताल, प्रास्वाके धुलिखेल, सुन्थान, खोपासी र पाँचखालमध्ये सरकारको नियम लागू हुँदाका बखत तीन संस्था मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले मात्रै सेवा दिँदै आएका थिए । रासस

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : ५८ बजे

भक्तपुरमा दसैँका लागि च्याङ्ग्रा ल्याइयो

भक्तपुर– दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ ।

बाबुरामले छाडे नयाँ शक्तिको अध्यक्ष पद

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व

शाहरुख, विक्रान्त र रानीले पाए पहिलो पटक राष्ट्रिय फिल्म अवार्ड

काठमाडौं– भारतीय सिनेमाका तीन चर्चित नाम शाहरुख खान, विक्रान्त मेस्सी

भक्तपुर र सिराहामा तीन जना मृत अवस्थामा फेला

काठमाडौं– भक्तपुरको सूर्य विनायक नगरपालिका-८ चक्खु खोलाको किनारामा हाल नाम, थर

संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा न्यूयोर्कस्थित स्थायी प्रतिनिधि सहभागी हुने

काठमाडौं–  संयुक्त राष्ट्र सङ्घको ८०औँ महासभामा नेपालका तर्फबाट न्यूयोर्कस्थित संयुक्त