भारतको लद्दाखमा नेपालकै शैलीमा प्रदर्शन : भाजपाको कार्यालय र प्रहरीको गाडी जलाइयो « Khabarhub

भारतको लद्दाखमा नेपालकै शैलीमा प्रदर्शन : भाजपाको कार्यालय र प्रहरीको गाडी जलाइयो


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

लेह- लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन मागसहित नेपालकै शैलीमा प्रदर्शन हुन थालेको छ । लद्दाखको लेहमा विद्यार्थीको प्रदर्शन उग्र भएको हो।

केन्द्रशासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग गर्दै बुधबार लेहमा हिंसात्मक प्रदर्शन भएको हो।

विद्यार्थीहरू प्रहरी र सुरक्षा निकायसँग झडपमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरेका छन्। प्रहरीमाथि ढुंगामुढापछि सीआरपीएफको गाडीसमेत जलाइएको छ।

यी विद्यार्थीहरू सामाजिक अभियन्ता सोनम वाङ्चुकको समर्थनमा आन्दोलनमा उत्रिएका हुन्। वाङ्चुक १५ दिनदेखि आमरण अनशनमा छन्। माग पूरा नगरेको विरोधमा प्रदर्शनकारीहरूले बन्दको आह्वान गरेका थिए। वाङ्चुकको समर्थनमा र्‍यालीसमेत निकालियो।

यस विषयमा अर्को बैठक ६ अक्टोबरमा दिल्लीमा हुने तय भएको छ। सन् २०१९ मा संविधानको धारा ३७० र ३५(ए) हटाउँदा जम्मु–कश्मीर र लद्दाखलाई छुट्टाछुट्टै केन्द्रशासित प्रदेश बनाइएको थियो। त्यतिबेला सरकारको तर्फबाट परिस्थिति सामान्य भएपछि पूर्ण राज्यको दर्जा दिने वाचा गरिएको थियो।

धारा ३७० खारेजीपछि विरोध

केन्द्र सरकारले २०१९ अगस्ट ५ मा जम्मु–कश्मीरको विशेषाधिकार दिने धारा ३७० खारेज गर्दै पूर्ण राज्यको दर्जा खोसिएको थियो। त्यसपछि जम्मु–कश्मीर छुट्टै केंद्रशासित प्रदेश बन्यो भने लेह र कारगिललाई मिलाएर लद्दाख अर्को केन्द्रशासित प्रदेश बनाइयो।

यसपछि लेह र कारगिलका बासिन्दाले आफूलाई राजनीतिक रूपमा अधिकारविहीन गरिएको महसुस गरे। उनीहरूले केन्द्रको विरोधमा आवाज उठाए।

पछिल्ला दुई वर्षमा बारम्बार आन्दोलन गर्दै पूर्ण राज्यको दर्जा र संवैधानिक सुरक्षा माग गर्दै आएका छन् । जसले उनीहरूको जमीन, रोजगारी र पहिचानलाई जोगाइरहेको थियो, जुन धारा ३७० अन्तर्गत मिल्थ्यो।

भारतीय गृहमन्त्री अमित शाहले २०२४ अगस्ट २६ मा लद्दाखमा पाँच नयाँ जिल्ला बनाइने घोषणा गरेका थिए। नयाँ जिल्लाहरू जोस्कार, द्रास, शाम, नुब्रा र चाङथाङ हुनेछन्। यसअघि लद्दाखमा केवल दुई जिल्ला मात्र थिए — लेह र कारगिल। अब जिल्लाको संख्या बढेर ७ हुनेछ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ३ : ०० बजे

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

पर्सा – गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा

बुढासुब्बा गोल्डकप : शनिबार फाइनल खेल हुने

धरान – धरानमा गत माघ २२ गतेदेखि जारी अन्तरराष्ट्रिय आमन्त्रण

झापा ५ मा एकै पटक सयौं एमाले कार्यकर्ता जनताका घरघरमा

झापा – नेकपा एमालेले आजदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५

सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता

जेनेभा – यस वर्ष पाकिस्तान र इरानबाट करिब एक लाख