भारतको लद्दाखमा नेपालकै शैलीमा प्रदर्शन : भाजपाको कार्यालय र प्रहरीको गाडी जलाइयो « Khabarhub

भारतको लद्दाखमा नेपालकै शैलीमा प्रदर्शन : भाजपाको कार्यालय र प्रहरीको गाडी जलाइयो


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

लेह- लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन मागसहित नेपालकै शैलीमा प्रदर्शन हुन थालेको छ । लद्दाखको लेहमा विद्यार्थीको प्रदर्शन उग्र भएको हो।

केन्द्रशासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग गर्दै बुधबार लेहमा हिंसात्मक प्रदर्शन भएको हो।

विद्यार्थीहरू प्रहरी र सुरक्षा निकायसँग झडपमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरेका छन्। प्रहरीमाथि ढुंगामुढापछि सीआरपीएफको गाडीसमेत जलाइएको छ।

यी विद्यार्थीहरू सामाजिक अभियन्ता सोनम वाङ्चुकको समर्थनमा आन्दोलनमा उत्रिएका हुन्। वाङ्चुक १५ दिनदेखि आमरण अनशनमा छन्। माग पूरा नगरेको विरोधमा प्रदर्शनकारीहरूले बन्दको आह्वान गरेका थिए। वाङ्चुकको समर्थनमा र्‍यालीसमेत निकालियो।

यस विषयमा अर्को बैठक ६ अक्टोबरमा दिल्लीमा हुने तय भएको छ। सन् २०१९ मा संविधानको धारा ३७० र ३५(ए) हटाउँदा जम्मु–कश्मीर र लद्दाखलाई छुट्टाछुट्टै केन्द्रशासित प्रदेश बनाइएको थियो। त्यतिबेला सरकारको तर्फबाट परिस्थिति सामान्य भएपछि पूर्ण राज्यको दर्जा दिने वाचा गरिएको थियो।

धारा ३७० खारेजीपछि विरोध

केन्द्र सरकारले २०१९ अगस्ट ५ मा जम्मु–कश्मीरको विशेषाधिकार दिने धारा ३७० खारेज गर्दै पूर्ण राज्यको दर्जा खोसिएको थियो। त्यसपछि जम्मु–कश्मीर छुट्टै केंद्रशासित प्रदेश बन्यो भने लेह र कारगिललाई मिलाएर लद्दाख अर्को केन्द्रशासित प्रदेश बनाइयो।

यसपछि लेह र कारगिलका बासिन्दाले आफूलाई राजनीतिक रूपमा अधिकारविहीन गरिएको महसुस गरे। उनीहरूले केन्द्रको विरोधमा आवाज उठाए।

पछिल्ला दुई वर्षमा बारम्बार आन्दोलन गर्दै पूर्ण राज्यको दर्जा र संवैधानिक सुरक्षा माग गर्दै आएका छन् । जसले उनीहरूको जमीन, रोजगारी र पहिचानलाई जोगाइरहेको थियो, जुन धारा ३७० अन्तर्गत मिल्थ्यो।

भारतीय गृहमन्त्री अमित शाहले २०२४ अगस्ट २६ मा लद्दाखमा पाँच नयाँ जिल्ला बनाइने घोषणा गरेका थिए। नयाँ जिल्लाहरू जोस्कार, द्रास, शाम, नुब्रा र चाङथाङ हुनेछन्। यसअघि लद्दाखमा केवल दुई जिल्ला मात्र थिए — लेह र कारगिल। अब जिल्लाको संख्या बढेर ७ हुनेछ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ३ : ०० बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन