शाहरुख, विक्रान्त र रानीले पाए पहिलो पटक राष्ट्रिय फिल्म अवार्ड « Khabarhub

शाहरुख, विक्रान्त र रानीले पाए पहिलो पटक राष्ट्रिय फिल्म अवार्ड


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सिनेमाका तीन चर्चित नाम शाहरुख खान, विक्रान्त मेस्सी र अभिनेत्री रानी मुखर्जीले यस वर्ष प्रतिष्ठित राष्ट्रिय फिल्म अवार्ड जित्दै आफ्नो करिअरमा नयाँ अध्याय लेखेका छन्। अभिनय विधामा प्राप्त यो अवार्ड यी तीनै कलाकारका लागि पहिलो हो, जसले उनीहरूको अभिनय यात्रा थप गौरवशाली बनाएको छ।

३३ वर्ष लामो अभिनय यात्रामा पहिलो पटक राष्ट्रिय अवार्ड जितेका शाहरुख खानलाई फिल्म जवानमार्फत यो उपलब्धि मिलेको हो। बेरोजगारी र किसानका मुद्दालाई समेट्दै सामाजिक सन्देश दिने यस फिल्ममा उनको दमदार अभिनयको सर्वत्र प्रशंसा गरिएको छ।

अभिनेता विक्रान्त मेस्सीले विधु विनोद चोपडाको निर्देशनमा बनेको टुवेल्थ फेल बाट राष्ट्रिय अवार्ड हात पारेका छन्। यो फिल्म आईपीएस अफिसर मनोजकुमार शर्माको वास्तविक जीवनकथामा आधारित छ। गरिब परिवारमा जन्मिएर सङ्घर्ष गर्दै प्रहरी अधिकृत बनेको मनोजको भूमिकामा विक्रान्तले देखाएको गहिरो अभिनय दर्शक र समीक्षक दुवैबाट प्रशंसा पाएको छ।

अभिनेत्री रानी मुखर्जीले भने मिसेस च्याटर्जी भर्सेस नर्वे बाट अवार्ड जितेकी छन्। सत्य घटनामा आधारित यस फिल्मले आप्रवासी भारतीय दम्पती र उनीहरूको सन्तानलाई लिएर भएको संघर्षलाई प्रस्तुत गर्छ। रानीले निर्वाह गरेको भावनात्मक र सशक्त अभिनयले दर्शकको मन जित्नुका साथै उनलाई राष्ट्रिय स्तरमा यो सम्मान दिलाएको छ।

साथै प्रसिद्ध दादासाहेब फाल्के पुरस्कार दिग्गज अभिनेता मोहनलाललाई प्रदान गरिएको छ। उनलाई पुरस्कार दिइँदा दर्शकहरूले उभिएर ताली बजाउँदै हृदयस्पर्शी सम्मान व्यक्त गरे।

भारतीय सिनेमामा उनको दशकौँ लामो योगदानलाई दर्शकहरूले कदर गरेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : ५५ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि