कक्षा १२ को मौका परीक्षा सम्पन्न « Khabarhub

कक्षा १२ को मौका परीक्षा सम्पन्न


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक अर्थात् मौका परीक्षा बुधबार सम्पन्न गरेको छ । 

गत भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि ‘जेनजी’ आन्दोलनबाट आएको नयाँ परिस्थितिका कारण सरेको परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्नेगरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको थियो । 

बोर्डले मङ्गलबार ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्रै परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा दिएका थिए ।

आज दुई विषयमा परीक्षा दिने परीक्षार्थीमध्ये आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन गरेको बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । बोर्डका अनुसार परीक्षा देशभरका सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । रासस

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ०५ बजे

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६