चिनियाँ राष्ट्रपति सी भन्छन्- बाह्य चुनौती आइरहन्छन्, हामीले आफ्नै काममा ध्यान दिनुपर्छ « Khabarhub

चिनियाँ राष्ट्रपति सी भन्छन्- बाह्य चुनौती आइरहन्छन्, हामीले आफ्नै काममा ध्यान दिनुपर्छ

देशले रणनीतिक पहलसहित नेतृत्व लिनुपर्ने तर्क


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले आगामी पाँच वर्षीय योजना (सन् २०२६–२०३०) को तयारीका क्रममा देशले आफ्नो काममा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

उनले अनिश्चित बाह्य वातावरणबीच पनि रणनीतिक पहल आफ्नो हातमा लिनुपर्ने कुरा उनले बताएका हुन् ।

राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाका अनुसार सीले यो टिप्पणी गत अगस्टमा भएको एक संगोष्ठीमा गरेका थिए, जुन शुक्रबार सार्वजनिक गरिएको हो। उक्त वक्तव्य चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको चौथो पूर्णबैठक सम्पन्न भएको भोलिपल्ट सार्वजनिक गरिएको हो।

‘चीनले आफ्नो लक्ष्यमा अडिग रहनुपर्छ’

गोष्ठीमा सी चिनफिङले देशलाई अन्तर्राष्ट्रिय परिस्थितिको नजिकबाट मूल्यांकन गर्न, त्यसलाई बुझ्न, सामना गर्न र आवश्यक परिवर्तन गर्न सक्षम हुन निर्देशन दिएका थिए।

उनले भने, ‘बाह्य वातावरण जस्तोसुकै बदलियोस्, हामीले हाम्रो आफ्नै लक्ष्य र जिम्मेवारीमा ध्यान केन्द्रित गर्नुपर्छ।’

यो गोष्ठी चीनको १५औं पाँच वर्षीय योजना तयार पार्ने क्रममा सत्तारूढ कम्युनिस्ट पार्टीबाहेकका दलहरू र समाजका विभिन्न वर्गका प्रतिनिधिहरूबाट सुझाव लिन गरिएको थियो। सिन्ह्वाका अनुसार बैठक बेजिङस्थित चिनियाँ नेतृत्व परिसर झोङ्गनानहाईमा भएको थियो।

केन्द्रीय नीति अनुसन्धान कार्यालयका प्रमुख जियाङ जिनक्वानका अनुसार, यो योजना लोकतान्त्रिक अभ्यास, सामूहिक बुद्धिमत्ता र सहमतिको परिणाम बन्नेछ।

पाँच वर्षीय योजना : २०२६/२०३०

सन् २०२६ देखि २०३० सम्म लागू हुने नयाँ योजना चीनका लागि निर्णायक मानिएको छ। यो अवधिमा चीनले अमेरिकी व्यापार युद्ध, प्रविधिक प्रतिस्पर्धा, कमजोर आन्तरिक माग र वृद्ध जनसंख्या जस्ता चुनौतीबीच आफ्नो अर्थतन्त्रलाई स्थिर राख्नुपर्नेछ।

सीले भनेका छन्, ‘आगामी पाँच वर्ष चीनलाई २०३५ सम्म समाजवादी आधुनिकीकरणको लक्ष्य नजिक पुर्‍याउने महत्वपूर्ण अवधि हुनेछ।’

उनले थपे, ‘हामीले उच्च गुणस्तरको विकासलाई असर पार्ने मुख्य क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्छ, बलियो पक्षलाई सुदृढ गर्नुपर्छ र कमजोरी हटाउनुपर्छ।’

प्रविधि आत्मनिर्भरता र नवप्रवर्तनमा जोड

राष्ट्रपति सीले मुख्य रुपमा प्रविधिमा आत्मनिर्भरता र मौलिक नवप्रवर्तनमा जोड दिएका छन्। उनले भने, ‘विज्ञान र प्रविधिमा उच्च स्तरको आत्मनिर्भरता र शक्ति नै गुणस्तरीय विकासको रणनीतिक स्तम्भ हो।’

चीनले मौलिक अनुसन्धान र आविष्कारमा निरन्तर लगानी गर्नुपर्ने उनले बताए। मुख्य प्रविधि क्षेत्रमा ठूला सफलता हासिल गर्न कठोर परिश्रम गर्नुपर्ने सन्देश उनले दिएका छन् ।

जनजीविका सुधार र क्षेत्रीय विकास

सीले जनजीविका सुधारमा पनि जोड दिँदै रोजगारी, शिक्षा, सामाजिक सुरक्षा, आवास, स्वास्थ्य, वृद्ध तथा बाल हेरचाहमा देखिने र ठोस सुधार ल्याउन निर्देशन दिएका छन्।

त्यसैगरी, उनले चीनको गरिबी निवारण अभियान र गाउँ पुनर्जीवन नीतिबाट प्राप्त सफलतामा आधारित क्षेत्रीय विकासलाई सुदृढ गर्न पनि आह्वान गरे।

संगोष्ठीमा अन्य राजनीतिक दलका नेताहरू, उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरू र विज्ञहरूले पनि सुझाव दिएका थिए।

तिनमा घरेलु माग विस्तार, निजी क्षेत्रको उच्च गुणस्तरीय विकास, नवप्रवर्तन, औद्योगिक सञ्जाल, उपभोग सञ्जालको समन्वय, समुद्री सुरक्षा, खाद्य र ऊर्जाको आत्मनिर्भरता, र ताइवानसँगको सम्बन्ध सुदृढीकरणजस्ता विषय थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ६ : १३ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले