एकताले अर्को विभाजनको डर, प्रचण्डले भने- कसैसँग एकीकरणको टुंगो भइसकेको छैन « Khabarhub

एकताले अर्को विभाजनको डर, प्रचण्डले भने- कसैसँग एकीकरणको टुंगो भइसकेको छैन


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले अहिले नै कुनै शक्तिसँग एकताको टुंगोमा पुगिनसकेको जवाफ दिएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकले समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी र प्रगतिशील समूहहरूसँग एकता गर्ने विषयमा छलफल गरिरहेको अवस्थामा अहिले नै कसैसँग एकताको टुंगो भइनसकेको उनको सचिवालयले शुक्रबार जनाएको हो।

प्रचण्ड सचिवालयमार्फत् भनेका छन्, ‘नेपाली समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न एकता र संयुक्त मोर्चा निर्माण अपरिहार्य रहेको छ । यद्यपि अहिले नै कुनै दलसँग एकता गर्ने वा अन्य वैचारिक–सांगीतिक निर्णय अहिले टुंगोमा पुगेको छैन।’

पछिल्ला केही दिनयता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताको अन्तिम टुंगो भएको समाचार आइरहेको छ । जसका कारण समाजवादीभित्र विग्रहको अवस्था उत्पन्न भएको छ।

उता माओवादी केन्द्रमै पनि उपमहासचिव जनार्दन शर्मा प्रभाकरको समूह समाजवादीसँग एकतालाई लिएर तीव्र असन्तुष्ट छ । यदि प्रचण्डले नेपालसँग एकता गरे माओवादी छाड्ने तहसम्मको दिशामा यो समूह छलफलमा छ ।

यही विवादबीच प्रचण्डले सचिवालयमार्फत् भनेका छन्, ‘इतिहासले देखाएको आवश्यकतालाई मनन गर्दै अहिले विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि सामाजिक सञ्जाल र केही सञ्चार माध्यममार्फत प्रचारमा आएको कुरा सत्य होइन।’

प्रचण्डले सचिवालयमार्फत् एकताको निर्णय अप्ठेरोमा पर्ने देखेपछि बचाउ गरेका हुन् । उनले विभिन्न क्रान्ति र संघर्षलाई संरक्षण गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अपरिहार्य रहेको पनि जनाएका छन् ।

प्रचण्डले आगामी समयमा दलहरूबीचको वार्ता जारी रहने र टुंगो निर्णय सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । अहिले प्रचण्ड मुख्यत: माधव नेपालको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकताको तयारीमा छन् ।

तर उनले गरेको एकताको तयारीले यी तीनै संगठनमा झन् विग्रह ल्याउने जोखिम देखिएको छ । समाजवादीमा सम्मानित नेता झलनाथ खनाल कुनै हालतमा एकताको पक्षमा छैनन् । उता विप्लव नेतृत्वको नेकपामा पनि आन्तरिक विवाद देखिएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ७ : ४५ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका