रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए « Khabarhub

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै गरेको जिप शुक्रबार साँझ दुर्घटनामा परेको पर्दा ८ जनाको ज्यान गएको छ।

रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानास्थित झारमारेमा दुर्घटना कम्तिमा ८ जनाको मृत्यु भएको हो। तीमध्ये ६ जनाको पहिचान खुलेको रुकुमपश्चिम प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीय कमला ओली, सोही पालिकाका १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीय दिलमाया बुढा, १७ वर्षीय मनिका ओली, १८ वर्षीय शर्मिला विक, २२ वर्षीय गोपाल ओली रहेका छन्।

यस्तै, अन्य १० जना घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिप सडकबाट ७ सय मिटर तल खसेको छ।

प्रहरीका अनुसार उनीहरू मण्डली (चर्च)बाट घर फर्किँदै थिए। उनीहरु जिल्लाको त्रिवेणी गाउँपालिका सिमरुतस्थित चर्चबाट फर्किँदा दुर्घटनामा परेका हुन्।

आठबिसकोट नगरपालिका २ का वडाध्यक्ष देवबहादुर ऐरीका अनुसार मृतक सबै चर्चबाट घर फर्किँदै थिए। ‘उनीहरु सबै चर्च गएर फर्किँदा दुर्घटनामा परेछन्’ उनले खबरहबसँग टेलिफोन सम्पर्कमा भने।

दुर्घटना परेको जिपमा २५ जना सवार थिए। १९ जना भित्र र ६ जना छतमा बसेर घर फर्किँदैगर्दा दुर्घटना भएको भएको हो।
कच्ची सडकमा उकालोखण्ड पार गर्दैगर्दा जिपको पट्टा भाँचिएर दुर्घटना भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले घटनाबारे थप अनुसन्धान भइरहेका जानकारी दिए।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  १० : ४५ बजे

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै