अर्थसंक्षेप : वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम आयात, बढ्यो १११ कम्पनीको सेयर मूल्य र ऊर्जा क्षेत्रमा चीनको नयाँ योजना « Khabarhub

अर्थसंक्षेप : वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम आयात, बढ्यो १११ कम्पनीको सेयर मूल्य र ऊर्जा क्षेत्रमा चीनको नयाँ योजना


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से १.३७ अंकले बढेर २५८५.८७ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्से झिनो अंकले बढ्दा कारोबार भएका मध्ये १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै, आज १४२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज इन्फिनिटी लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने ग्रामीण विकास लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेछ कारोबार ?

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट सो अवधिमा ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए ।

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

क्यानाडामा उत्पादन र सेवा क्षेत्रमा गिरावट

क्यानाडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन अक्टोबर महिनामा शून्य दशमलव तीन प्रतिशतले घटेको छ। यसले सेप्टेम्बरमा भएको शून्य दशमलव दुई प्रतिशतको वृद्धिलाई उल्ट्याएको क्यानाडाको राष्ट्रिय तथ्यांक निकायले जनाएको छ।

तथ्यांक निकायका अनुसार वस्तु उत्पादन गर्ने र सेवा प्रदान गर्ने दुवै क्षेत्र संकुचित हुँदा कुल उत्पादनमा गिरावट आएको हो। अक्टोबरमा कुल २० मध्ये ११ औद्योगिक क्षेत्र संकुचित भएका छन्।

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

युक्रेनमा विद्युत् संरचना क्षतिग्रस्त, आणविक केन्द्रहरू प्रभावित

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ०१ बजे

गोप्य सूचना चुहावट गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडाैं – नेपाल प्रहरीले अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण

धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

धादिङ – धादिङको गजुरी गाउँपालिका–८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको

रारा संरक्षणमा योगदान पुर्‍याएका बिर्खबहादुर रोकाया त्रिविबाट सम्मानित

काठमाडौं – रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु संरक्षण तथा स्थानीय

विश्वभर फेरि फैलिँदै दादुरा, खोपको कमी मुख्य कारण

जेनेभा – विश्वभर दादुरा रोग नियन्त्रणका लागि हासिल गरिएका उपलब्धि

चाडपर्वपछि रोजगारीका लागि भारत फर्किन थाले सुदूरपश्चिमेली

धनगढी – महान् चाड बडादसैँ, दीपावली तथा छठ पर्व मनाएर