बारपाकमा करोडौं रुपैयाँ लगानीको स्रोत सुनिश्चित भएको छ– प्रचण्ड « Khabarhub

बारपाकमा करोडौं रुपैयाँ लगानीको स्रोत सुनिश्चित भएको छ– प्रचण्ड


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गोरखाः नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले भूकम्पको केन्द्रविन्दु बारपाकमा २८ करोड रुपैयाँको लगानीमा ढल निकास परियोजना सुरु भएको र १० करोड रुपैँयाको लगानीमा बृहत् खानेपानीको स्रोत सुनिश्चित भएका बताएका छन् ।

‘गोरखा भूकम्प’को केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकमा शुक्रबार आयोजित ‘भूकम्प स्मृति दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गोरखाको विकास निर्माणको कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयत्न भइरहेको बताए ।

‘तपाईंहरूसँग गरिएका प्रतिबद्धताअनुसारका सबै काम गर्न सकिएन– पाइएन भन्ने अनुभूति मलाई पनि भइरहेको छ,’ उनले भने, ‘अझै दुई– साढे दुई वर्ष बाँकी छ, अबको बाँकी समय गोरखाको विकास निर्माणसहित गोर्खाली जनताको काममा अझ बढी समय दिई खट्ने छु ।’

प्रचण्डले केही पनि भएन, गरिएन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताए । उनले विकास निर्माणका कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयास भइरहेको बताए ।

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौँमा रहे पनि गोरखाको विकासका लागि आफूले गरेका प्रतिबद्धता नबिर्सिएको बताए । उनले बारपाकका समस्यालाई नजिकबाट नियाली सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकको राजनीतिक घटनक्रमप्रति इङ्गित गर्दै उनले पछिल्ला दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरी प्राप्त उपलब्धि सिध्याउने खेल भइरहेकाले त्यसविरुद्ध गणतन्त्रधर पक्ष सबै एक भई प्रतिगामी तत्वलाई परास्त गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ५ : ०३ बजे

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण