आठौँ शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने « Khabarhub

आठौँ शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आठौँ शेर बहादुर स्मृति महिला भलिबल प्रतियोगिताको उपाधिका लागि एपीएफ  क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।  

शुक्रबार भएको सेमिफाइनलमा न्यु डाइन्मण्ड भलिबल क्लबलाई हराउँदै एपिएफ र त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लब फाइनल प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपिएफले न्यु डाइमन्डविरुद्ध ३–१ को जित निकाल्यो । एपिएफले न्यु डाइमन्डलाई २५–१६, २५–२२, २३–२५ र २५–२३ ले पराजित गरेको हो ।

त्यस्तै शुक्रबार नै भएको दोश्रो सेमिफाइनलमा पुलिस क्लबले त्रिभुवन आर्मीलाई ३–० को साझो सेटमा पराजित गर्‍यो । खेलमा पुलिसले आमीलाई २५–६, २५–२३ र २५–२२ ले हरायो ।

फाइनल खेल शनिबार दिउँसो २ बजे हुनेछ भने विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : १३ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ