आठौँ शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने « Khabarhub

आठौँ शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आठौँ शेर बहादुर स्मृति महिला भलिबल प्रतियोगिताको उपाधिका लागि एपीएफ  क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।  

शुक्रबार भएको सेमिफाइनलमा न्यु डाइन्मण्ड भलिबल क्लबलाई हराउँदै एपिएफ र त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लब फाइनल प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपिएफले न्यु डाइमन्डविरुद्ध ३–१ को जित निकाल्यो । एपिएफले न्यु डाइमन्डलाई २५–१६, २५–२२, २३–२५ र २५–२३ ले पराजित गरेको हो ।

त्यस्तै शुक्रबार नै भएको दोश्रो सेमिफाइनलमा पुलिस क्लबले त्रिभुवन आर्मीलाई ३–० को साझो सेटमा पराजित गर्‍यो । खेलमा पुलिसले आमीलाई २५–६, २५–२३ र २५–२२ ले हरायो ।

फाइनल खेल शनिबार दिउँसो २ बजे हुनेछ भने विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : १३ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ