आजका समाचार : राजावादी जुट्दै गर्दा कांग्रेस-एमाले छलफलमा, गालीमा उत्रिँदै प्रधानमन्त्री र अमेरिकासँग जर्मनीले वार्ता गर्ने | Khabarhub Khabarhub

आजका समाचार : राजावादी जुट्दै गर्दा कांग्रेस-एमाले छलफलमा, गालीमा उत्रिँदै प्रधानमन्त्री र अमेरिकासँग जर्मनीले वार्ता गर्ने


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

एमाले सचिवालय बैठकपछि जुटे दुई दलका शीर्ष नेता, गृहमन्त्री लेखक पनि सहभागी
च्यासलमा नेकपा एमालेको सचिवालय बैठक सकिएलगत्तै बालुवाटारमा दुई सत्तारुढ दलका नेता जुटेका छन् । यो बैठकमा भिजिट भिसा प्रकरणमा आफूले खटाएका कर्मचारी र सचिवालयकै सदस्यसमेत मुछिएपछि विवादमा परेका गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् ।


बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आसन एकै ठाउँ राखिएको छ ।बैठकमा प्रधानमन्त्री, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् ।

उता कांग्रेसबाट सभापति देउवा, गृहमन्त्री लेखक, उपसभापति पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा पनि सहभागी छिन् । कृषिमन्त्री रामनाथ अधिकारी पनि बैठकमा छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बैठकमा देखिएका छैनन् ।

शिक्षामन्त्रीले भने- शिक्षा विधेयक अघि बढाउन एक साताको समय दिनुस् 

काम लागेन ओलीको निर्देशन : युवा संघमा निर्वाचन हुँदै, थेवे र पुरीबीच प्रतिस्पर्धा

प्रधानमन्त्रीले भने- राजावादीका नाममा लुट्न भाडाका मान्छे काठमाडौं ल्याएर उफारियो

ओलीको गुनासो- सहकारी ठगहरू एमालेलाई गाली गर्दै हिँडिरहेका छन्

एमाले सचिवालय बैठक, बिन्दा र उषाको कारबाही फुकुवा हुन सक्ने

राजदूत लम्साल र रूपाखेतीलाई अतिरिक्त जिम्मेवारी

सरकारका प्रवक्ता भन्छन्- भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु पर्दैन

जापान भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री राणा

गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय
नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले देशभरका सबै पालीकाका साथै काठमाडौं उपत्यकामा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउनका लागि नेपाल जन सांस्कृतिक महासंघलाई कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी दिइएको उनले बताए ।

बैठकले गणतन्त्रलाई सबल र सुदृढ बनाउन पार्टीले जोड दिएको भन्दै व्यवस्थाविरुद्ध हुने कुनै पनि गतिविधिहरू एमालेलाई स्वीकार्य नरहेको निष्कर्ष निकालेको पोखरेलले बताए ।

वर्षायाममा देखिने स्वास्थ्य महामारी नियन्त्रण गर्न तीनै तहबीच समन्वय गरिने

सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ : कृष्णप्रसाद सिटौला

निजामती विधेयकमा असहमति जनाउँदै सिंहदरबारभित्रै धर्नामा बसे कर्मचारी

देउवाले डाके कांग्रेस पदाधिकारी बैठक, क्रियाशील सदस्यतासँगै लेखकबारे पनि छलफल हुन सक्ने

मा‌‌ओवादी र राजावादीविरुद्ध एकसाथ खनिए ओली, भने- जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

आर्थिक समृद्धिको आधार पर्यटन : मन्त्री पाण्डे

कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशन- काममा ढिलासुस्ती नगर्नुहोस्

रविको बन्दीप्रत्यक्षीकरण निवेदनबारे सर्वोच्चको आदेशमा त्रुटि रहेको रास्वपाको निष्कर्ष
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश प्रक्रियागत रूपमा त्रुटि रहेको निष्कर्ष निकालेको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेशलाई कानुनी रूपमा स्वीकार गर्ने भन्दै प्रक्रियागत रूपमा भने त्रुटि रहेको निष्कर्ष निकालेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

सर्वोच्चको आदेशमा त्रुटि र कमजोरी भेटिएको भन्दै उनले यस विषयमा सार्वजनिक रूपमा बहस गर्ने उल्लेख गरे । यद्यपि अदालतको आदेश प्रति आफूहरूको सम्मान नै रहेको र त्यसलाई कानुनी रूपमा मान्न तयार रहेको उनले बताए ।

त्यस्तै बैठकले हालै अध्यागमन विभागमा भएको भ्रष्टाचारले वर्तमान सत्ता गठबन्धनको औचित्य पुष्टि हुँदै गएको ठहर गरेको छ ।
कार्यवाहक प्रवक्ता झाले अरु दलका नेतालाई प्रमाणित नगरेरै थुनामा राख्ने तर पुरानो दललाई थुनामा राख्न प्रमाणित हुनुपर्ने अवस्था देखिएको जिकिर गरे ।

रविबिनाको रास्वपा बैठक (तस्बिरहरू)

रवि लामिछानेको मुद्दामा ‘फैसला’ सच्याउँदै सर्वोच्चले लेख्यो ‘आदेश’

चैत १५ को घटनामा ६१ विरुद्ध मुद्दा दायर, दुर्गा प्रसाईं एक्लैलाई पाँचवटा अभियोग

अर्धनग्न प्रदर्शनमा उत्रिए सहकारी पीडित (तस्बिरहरू)

रोशनी शाही कोठामै मृत भेटिइन्

‘ललितपुर महानगरमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार भइरहेका छन्’
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि नगरका विभिन्न स्थानमा पूर्वाधार तयार भइरहेको बताएका छन् । आइतबार ललितपुरमा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम उद्घाटन गर्दै महर्जनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार आवश्यक रहेकाले विभिन्न चार स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार भइरहेको बताएका हुन् ।

उनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार निर्माणका लागि यस वर्षमात्रै पाँच करोड रुपैयाँ बजेट छुट्याएर काम भइरहेको धारणा राखे ।महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि पाँच वटा डुङ्गा खरिद गर्न लागिएको बताए । अहिले पाटन क्षेत्रमा धेरै नै ट्राफिक चाप बढेकाले दमकल समेत सहज रूपमा आवतजावत गर्न कठिन भएको उनले बताए ।

ग्वार्को ‘ओभरपास’ मा मसान्तभित्र गाडी गुडाउने तयारी (तस्बिरहरू) 

 काठमाडौंका प्रवक्ता मानन्धरलाई बालेनले सोधे प्रष्टिकरण 

साँगामा सडक विस्तारका क्रममा पहिरो खस्दा एक मजदुर घाइते

कोशीमा नीति तथा कार्यक्रम बहुमतले पारित

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

सगरमाथा आरोहण गरेकी प्रनानी शेर्पालाई दर्ज्यानी चिह्न

विषाक्त च्याउ खाएका तीनै जनाको मृत्यु

मेक्सिकोमा न्यायाधीशको चुनावमा कुख्यात नाइकेका वकिल र लागूऔषध तस्कर पनि उम्मेदवार

ल्याटिन अमेरिकी मुलुक मेक्सिकोमा पूर्वलागूऔषध तस्कर र कुख्यात लागूऔषध तस्करका वकिल न्यायाधीश बन्न तम्सेका छन् । मेक्सिकोमा आगामी जुन १ का दिन न्यायाधीशको चुनाव हुँदैछ । सर्वोच्च अदालतका सबै न्यायाधीश सहित ८ सय ४० भन्दा धेरै पदका लागि आयोजना हुन लागेको चुनावमा ८ सय ४० जना उम्मेदवार छन् । मेक्सिकोको डुराङ्गो राज्यमा पनि न्यायाधीशको चुनाव हुन लागेको छ ।

यस राज्य मेक्सिकोको कुख्यात ‘स्वर्ण त्रिकोण’ भन्ने ठाउँमा पर्छ । यो ठाउँ लागूऔषध उत्पादन, तस्करी, प्रयोग र आपराधिक गिरोहको हिंसात्मक गतिविधिका कारण बदनाम रहँदै आएको छ ।

विवादास्पद पूर्व युक्रेनी अधिकारीको स्पेनमा हत्या : कार पार्किङमा लगातार गोली प्रहार

‘खतरनाक सामान’ बोकेको पानीजहाज भारतको केरलानजिकै डुब्यो

१२ वर्षको सम्बन्ध सार्वजनिक गर्दा बिहारका पूर्वमुख्यमन्त्री लालुका छोरालाई पार्टीले निकाल्यो

रुसी आक्रमणमा १२ युक्रेनी मारिए

भन्सार शुल्कमा अमेरिकासँग वार्ताका लागि जर्मन मन्त्रीको आग्रह






















प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ७ : २६ बजे

प्रेस स्वतन्त्रता सुदृढ हुँदा मात्रै लोकतन्त्र हुन्छ : एनपी साउद

काठमाडौं – पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री

दश महिनामा १३ हजार पर्यटक रारा पुगे

मुगु – नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी