माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री | Khabarhub Khabarhub

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने दिनको शुभकामना दिएका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै तीजलाई पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित पर्व भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीका अनुसार, अतीतमा भौतिक सुविधा नहुँदा गाउँगाउँ पैदलै हिँडेर चेलीलाई लिन जाने परम्परा थियो भने दर खाने चलन माइती घरमै हुने गर्थ्यो। पुरानो समाजका कठिनाइ र पारिवारिक जीवन तीजका गीतमै अभिव्यक्त हुने गरेको उनले स्मरण गराए।

‘आज संयुक्त परिवार संस्कृतिमा ठूलो परिवर्तन आएको छ, सदस्यहरू छरिएर बस्ने गरेका छन्। सामाजिक परिवर्तनसँगै महिलामा आत्मनिर्भरता र सशक्तिकरण बढ्दो क्रममा छ,’ ओलीले भनेका छन्।

तीजले विवाहित छोरी, माइती तथा तीन पुस्ताका सदस्यलाई एउटै छानामुनि बसेर आत्मीयता साट्ने अवसर दिने उल्लेख गर्दै उनले यो पर्वले पारिवारिक र सामाजिक बन्धन अझ मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

सन्देशको अन्त्यमा उनले भनेका छन्, ‘आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस्।’ प्रधानमन्त्री ओलीले सबैलाई तीज दर खाने दिनको शुभकामना समेत दिएका छन्।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : २७ बजे

म्याग्दीको पात्लेखेत पहिरोको जोखिममा

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-१० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ

उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ- उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल

संवैधानिक इजलासमा गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र

चिप्ले खोल्सी सिँचाइ आयोजनाको ड्याममा डुबेर एक जनाको मृत्यु

गोरखा–  पालुङटार नगरपालिका-७ सल्लाघारी कटरपाटा बस्ने ५४ वर्षीय काली बहादुर बरामको सोही

साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थपियो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा रु १४