आजका समाचार : मिल्ने उपाय खोज्दै बालेन र रवि, कांग्रेस-एमाले संसद् फर्काउने बल गर्दै, लेखकले बयान दिने र आणविक पनडुब्बीमा उत्तर कोरियाको प्रगति « Khabarhub

आजका समाचार : मिल्ने उपाय खोज्दै बालेन र रवि, कांग्रेस-एमाले संसद् फर्काउने बल गर्दै, लेखकले बयान दिने र आणविक पनडुब्बीमा उत्तर कोरियाको प्रगति


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा भएको प्रधानमन्त्री सुशीला कार्कीसहितको वार्तामा पहिले संसद् फर्किनुपर्ने अडान राखेको बताएका छन् ।

एघारौँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद दिन काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित उक्त वार्तामा यस्तो अडान राखिएको बताएका छन् ।

‘शीतल निवासमा प्रधानमन्त्री पनि आउनु भएको थियो । त्यहाँ राष्ट्रपति पौडेलको जोड चुनाव गराउनुपर्ने थियो’, उनले भने, ‘तर हामीले त्यहाँ देश अग्रगमनको बाटो गएको छैन, प्रतिगमनमा गएको छ। त्यसैले पहिले संसद् फर्किनुपर्ने कुरा राख्यौँ ।’

उनले त्यहाँ आफूहरूले प्रष्टसँग संसद् फर्किएपछि मात्रै चुनावमा जानु उचित हुने बताएको जानकारी दिए । ‘हामी प्रतिगमन विरोधी हौँ । चुनाव हुनु हुँदैन भन्ने हाम्रो कुरा होइन, प्रतिगमन हुनु हुँदैन भनेको हो’, उनले भने, ‘सकेसम्म छिटो हामीलाई संसद्को उपस्थिति चाहिन्छ । हामीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्यौँ ।’

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

 बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतीक्षा गर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको तेस्रो वार्ता सकिएको छ। गत आइतबार र सोमबार दुई चरणको वार्ता गरेका उनीहरू बिहीबार तेस्रो चरणको वार्ताका लागि ज्वागलस्थित कुमार बेनको घरमा जुटेका थिए।

वार्तापछि बाहिरिएका रविले कुनै प्रतिक्रिया दिएनन् । हँसिलो मुहारमा निस्किएका उनले मिलाएर कुरा बुझ्न सञ्चारकर्मीलाई भने । पत्रकारहरूले उनलाई सोधे, ‘मेयर बालेन साहले लौरो नै टेक्ने हो कि घण्टी बजाउने हो सभापतिज्यू ?

त्यसको जवाफमा उनले भने, ‘‘मेरो अनुहारले के बताउँछ। परिणामका लागि केही समय प्रतीक्षा गर्नुहोस् ।’ यति भनेर उनी गाडी चढ्दै बाटो लाले। कुमार बनेको घरबाट बाहिरिने क्रममा पत्रकार र युट्युबरले घेरिएर धकेलाधकेल भएपछि उनले अलिक अनुशासित हुन सुझाए ।

सम्भावित सहकार्यका लागि रवि र बालेन संवाद हुँदा उनी र अर्जुन घिमिरे पाँडेसहितका सहयोगी कुमार बनेको घरबाहिर बसेका थिए ।

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

भेट्न आउनेसँग बालेनको प्रस्ताव : नयाँ शक्ति र युवाहरू मिलेर जाऊँ

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

कांग्रेस नेताहरू पनि बालेनसँग वार्तामा

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

 जेन-जी आन्दोलनमा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै 

 भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय पुनः निर्माण धमाधम भईरहेको छ ।प्रदर्शनकारीहरू गरेको आगजनीका कारण कार्यालयको सम्पूर्ण भाग जानेर नष्ट भएको थियो ।


 अनुगमन टोलीका अनुसार भवन पुनः निर्माणका लागि अनुमानित खर्च भवनको सबलीकरणको मात्रै १४ करोडको छ । डकुमेन्ट र मेसिनरीको ७ करोड बराबरको जलेको अनुमान छ, ९९ वटा एसी थिए । १५० वटा कम्युटरजस्ता सामान पनि जानेको थियो ।

भवन पुनः निर्माणका लागि नेपाली कांग्रेसले क्रियाशील सदस्य, जिल्ला, प्रदेश, केन्द्रीय समितिका सदस्य तथा नेताहरूसँग पैसा उठाउने निर्णय गरेको छ ।

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

बालेनलाई भेटेका रेशम भन्छन् : नयाँजति सबैलाई प्रधानमन्त्री चाहिएको छ, मिल्ने सम्भावना मुस्किल देखेँ

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी निकास २५ वर्षपछि खोलिएको छ। पुस ६ र ९ गते रातभर गरिएको प्रयासपछि पुस १० गते बिहान पाइप जडान गरेर धाराको निकास खुलाइएको हो।

महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतका अनुसार सुन्धारा लिच्छवीकालीन ढुङ्गेधारा हो।


‘यो प्राचीन संरचनाबाट पानीको निकासका लागि बनाइएको ढल यति ठूलो थियो कि मानिस पसेर सफाइ गर्न सकिन्थ्यो,’ उनले भने, ‘सहरीकरणका क्रममा खानेपानी वितरण लाइन जडान गर्दा मौलिक ढल संरचना नष्ट गरी पाइप राखिएपछि करिब २५ वर्षअघि धाराको निकास बन्द भएको थियो।’

यसअघि पनि निकास खोल्ने प्रयास भए तापनि सफल हुन नसकेको बताउँदै संगतले भने, ‘करिब १० वर्षअघि प्रयास गरिएको थियो, तर सम्भव भएन। यसपटक करिब ६० मिटर लम्बाइ र ९ देखि १२ फिटसम्म गहिराइ खनेर नियमित रूपमा काम गरेपछि निकास खोल्न सफल भयौँ।’

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको संकेत दिएको छ । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा धेरै हदसम्म पूरा भएको पनडुब्बीको बाहिरी संरचना देखिन्छ ।

यस क्रममा नेता किम जोङ उनले दक्षिण कोरियाले यस्तै प्रविधि हासिल गर्न दबाब दिइरहेको भन्दै कडा आलोचना गरेका छन् ।

उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले आठ हजार ७०० टन क्षमताको आणविक–प्रोपेल्ड पनडुब्बी निर्माण भइरहेको एक शिपयार्डको निरीक्षण गरेका हुन् ।

उनले यस पनडुब्बीलाई उत्तर कोरियाली नौसेनाको आधुनिकीकरण र आणविक प्रतिरोध क्षमताका लागि अत्यन्तै महत्त्वपूर्ण कदमका रूपमा वर्णन गरे।

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु




























प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ७ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै