अर्थसंक्षेप : सर्वोच्चको फैसलाले विद्युत आयोजना प्रभावित हुने इप्पानको भनाइ, नेप्सेमा दोहोरो अंकको गिरावट « Khabarhub

अर्थसंक्षेप : सर्वोच्चको फैसलाले विद्युत आयोजना प्रभावित हुने इप्पानको भनाइ, नेप्सेमा दोहोरो अंकको गिरावट


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेप्से परिचसूचक दोहोरो अंकले घटेको छ । सर्वोच्चको फैसलाले १९ हजार मेगावाटका आयोजना प्रभावित हुने इप्पानले जनाएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सवलीकरणका लागि संस्थागत रूपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीकरण गरी समाधान खोज्न निर्देशन दिएका छन् । प्राधिकरणले विद्युत महसुल नतिर्नेको लाइन काट्ने काम गरेको छ ।

आजका आर्थिक समाचार :

सर्वोच्चको फैसलाले १९ हजार मेगावाट आयोजना प्रभावित हुन्छ : इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सर्वोच्च अदालतले गरेको फैसलामा असन्तुष्ट देखिएको छ । सर्वोच्चले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को (दफा ५ र दफा ६ मा भएको संशोधन) खारेजी गरेको प्रति इप्पानले आइतबार पत्रकार सम्मेलन गरेर असन्तुष्टि पोखेको हो ।

सर्वोच्चले राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्षलगायतका संरक्षित क्षेत्रमा विकास निर्माणका आयोजना सञ्चालन गर्न पाइने गरी भएको कानुन संशोधनलाई खारेज गरेको थियो ।

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने ९ अर्ब माथि

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अंकले घटेको छ । तर, आइतबार नेप्सेमा ९ अर्ब १२ करोड ८६ लाख माथिको शेयर कारोबार भएको छ ।

आइतबार नेप्सेमा आएको गिरावटसँगै नेप्से परिसूचक २६४४३.९३ अंकमा पुगेको छ । साथै कारोबारमा आएको गिरावटका कारण नेप्सेको पुँजीकरण समेत ०.३९ अंकले घटेको छ ।

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सवलीकरणका लागि संस्थागत रूपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीकरण गरी समाधान खोज्न निर्देशन दिएका छन् ।

उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आए पनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायका कार्यक्रम र समस्यालाई प्राथमिकीकरण गरी काम गर्न जरुरी रहेको बताएका हुन् ।

विद्युत् महसुल नतिर्ने ग्राहकका लाइन काटिए

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय ६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरूको लाइन गत साउनयता काटिएको हो ।

कार्यालयका प्रमुख ई रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरूको लाइन काटिएको हो ।

गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती

शहीद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा सीप विकासका लागि च्याउखेती गर्न सुरु गरिएको छ । गाउँपालिका शिक्षा शाखामार्फत पालिकाभित्रका ४६ सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् ।

‘विद्यालयमा उत्पादित च्याउ विद्यार्थीका लागि दिवा खाजामा प्रयोगमा ल्याउने लक्ष्य पालिकाको छ, यसबाट बालबालिकाले पोषणयुक्त दिवा खाजा खान पाउने मात्र नभएर उनीहरूको सीप विकासका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ’, उनले भने ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ७ : ०१ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका