आजका समाचार : सरकार नढल्नेमा ओली ढुक्क, शिक्षक-सरकारबीच वार्ता र ट्रम्प र जेलेन्स्कीले गरे भेट | Khabarhub Khabarhub

आजका समाचार : सरकार नढल्नेमा ओली ढुक्क, शिक्षक-सरकारबीच वार्ता र ट्रम्प र जेलेन्स्कीले गरे भेट


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीको टिप्पणी- सरकार ढल्छ भन्नेहरू अहिले गल्न थालेका छन्
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन् ।

नेकपा (एमाले) को संसदीय दलको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गरे।

‘सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट नेपाल आइपुग्ने बित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस् । आफ्नो मिसन र काममा लाग्नुस्, चुनावमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरु फत्र्याक्क गलेका छन्, सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नु हुँदैन ।’, ओलीले भने, ‘मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित भएको छ । हल्लाको पछाडि कोही पनि लाग्नु पर्दैन ।’

पार्टीका सांसदलाई राष्ट्रियताको पक्षमा अडान राख्न ओलीको निर्देशन

सांसदलाई ओलीको निर्देशन- जस्तो पायो त्यस्तो विधेयक पारित नगर्नू

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्छ : प्रधानमन्त्री ओली

सातबुँदे कार्यान्वयन गर्न कांग्रेस-एमालेलाई दवाव दिनुपर्छ : उपसभापति गुरुङ

‘लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन केन्द्र बनाउन सरकार प्रतिबद्ध छ’

नेपालबाट विश्वमा शान्ति, मानवता र करुणा विस्तार भइरहेको छ – प्रधानमन्त्री ओली

नेता डंगोलको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

ऊर्जामन्त्री खड्काद्वारा ताप्लेजुङ घटनाको छानबिन समिति गठन

‘अहिले माओवादी जनतामा गएर माफी माग्छ, उपदेश दिँदैन’


नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले जनतामा गएर माफी मागे ५० प्रतिशत जनताको रिस मर्ने बताएका छन् । उनले पार्टी नेता अलिअलि अहंकारी, लोभी, पापी भएका कारण पार्टी नबनेको बताए

माओवादी समर्थित संस्था सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले जनतामा माओवादीप्रति निराशा उत्पन्न भएकाले जनतासमक्ष गएर माफ माग्दै आफ्ना योजना सुनाउनु पर्ने बताए ।

उनले कार्यकर्तालाई आगामी निर्वाचनमा खटेर काम गर्न निर्देशन दिए । ‘आगामी निर्वाचनमा सिन्धुपाल्चोकमा हाम्रो पक्षमा क्लिन स्वीप हुन्छ भन्ने विश्वास गरौं,’ प्रचण्डले भने, ‘अरु कुरा जेसुकै गर्नुस् मलाई चाहिँ हेरिहनुस्, अब ७० लागियो, मर्निङ वक तपाईंहरूसँग पनि हिंडेको छु, खटेर काम गरिरहेकै छु ।’

प्रचण्डले भने– सरकार लाज पचाएर शिक्षकको अपमान गर्नेतर्फ लागेको छ

शिक्षकका माग सम्बोधन गर्ने प्रयास जारी छ : प्रचण्ड

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत प्रस्थान

वैशाख १७ गते जनमत र नागरिक उन्मुक्तिबीच एकता हुने

दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँछौं – मन्त्री यादव

जलवायु परिवर्तनबाट बालबालिका र युवाहरू बढी प्रभावित : मन्त्री शाही

सरकार असफल बनाउने छुट कसैलाई छैन : एनपी साउद

शिक्षक महासंघसँग छलफलमा जुटे कांग्रेस महामन्त्रीद्वय
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आन्दोलनरत नेपाली शिक्षक महासंघसँग छलफलमा जुटेका छन् । सरकारसँग शनिबार भएको पहिलो चरणको वार्तापछि कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा आन्दोलनरत शिक्षक महासंघसँग छलफलमा जुटेका हुन् ।

यसअघि सभापति शेरबहादुर देउवाले वैशाख १ गते महामन्त्रीद्वय थापा र शर्मालाई बोलाएर शिक्षकका माग सम्बोधनमा सक्रिय हुन निर्देशन दिएका दिए । सभापति देउवाको निर्देशनपछि महामन्त्रीद्वय थापा र शर्माले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि त्यही दिन पार्टी कार्यालयमा अगुवा शिक्षकहरूसँग छलफल गरेका थिए ।

छलफलमा उनीहरूले शिक्षकका माग सम्बोधनका लागि पहलकदमी लिने प्रतिबद्धता जनाएका थिए । सोहीअनुरुप वैशाख १ गते बेलुकी नै संसदीय दलको कार्यालयमा महामन्त्रीद्वय र पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरसहितका नेताहरूको छलफलले पार्टीको आधिकारिक धारणाका लागि विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेका थिए ।

छलफलमा महामन्त्रीद्वय थापा(शर्मा, सहमहामन्त्री जीवन परियार, शिक्षा विभाग प्रमुख महर, पार्टीबाट विधेयक उपसमितिमा सदस्य रहेको सांसदद्वय डिगबहादुर लिम्बू र महेन्द्र राय यादव, पार्टी मुख्यसचिव पौडैललगायतको सहभागिता थियो ।

शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता

बालेनलाई सुनिताको जवाफ: काठमाडौं टावर अनावश्यक, महानगरको भ्रष्टाचार अख्तियारले खोज्नुपर्छ

सरकार र शिक्षाबीचको पहिलो चरणको वार्ता सकियो : फेरि छलफल हुने

चार महिनादेखि बसेन काठमाडौंको कार्यपालिका, सुनिताले भनिन्- एजेन्डाको थुप्रो लाग्यो, मेयरसँग भेट हुन सकेन

गाडीको ठक्करबाट मृत्यु भएका कालिबहादुरको शव बुझेनन् आफन्तले, सात दिनदेखि आन्दोलनमा 

शिक्षकको आन्दोलन २५ औँ दिनमा (तस्बिरहरू)

मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा जाँदै

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी, तीन करोड क्षति

पोपको अन्त्येष्टिमा पुगेका ट्रम्प र जेलेन्स्कीले गरे भेटवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । इटालीको राजधानी रोमस्थित भ्याटिकन सिटीमा दुई नेताबीच भेटवार्ता भएको हो ।

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन पुगेका दुई नेताबीच भ्याटिकन सिटीको सेन्ट पिटर बसिलिकमा भेटवार्ता भएको ह्वाइट हाउसले जनाएको छ । उनीहरुले १५ मिनेट वार्ता गरेका थिए ।

ह्वाइट हाउसले जेलेन्स्की र ट्रम्पबीचको भेटवार्ता ‘निकै रचनात्मक’ भएको जनाएको छ । त्यसैगरी, जेलेन्स्कीले पनि भेटवार्तालाई ‘धेरै प्रतीकात्मक’ र ‘ऐतिहासिक हुने सम्भावना बोकेको’ बताएका छन् ।

यसअघि ट्रम्प र जेलेन्स्की सेन्ट पिटर बसिलिकामा एक्लै कुर्सीमा बसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसअघि शुक्रबारमात्रै ट्रम्पले रुस र युक्रेनबीचको सम्झौता ‘धेरै नजिक’ रहेको बताएका थिए ।

अमेरिकासँग व्यापार वार्ता भएको छैन : चीन

अमेरिकाको टेक्सस राज्यमा दादुरा रोगको प्रकोप

पोप फ्रान्सिसलाई अन्तिम श्रद्धाञ्जली दिन विश्वभरका नेता भ्याटिकनमा

अमेरिकामा दादुराका ८०० भन्दा बढी बिरामी भेटिएको पुष्टि

इरान र अमेरिकाबीच नयाँ चरणको आणविक वार्ता सुरु

इरानमा विस्फोट हुँदा २ सय ८१ जना घाइते

गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

राष्ट्रङ्घद्वारा जम्मू-कश्मीरमा भएको आक्रमणको निन्दा, न्यायको माग




























प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ७ : ५१ बजे

आयुष बने एनएसएलको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको

श्रीमान‍्को मृत्यु भएकाे हप्ता दिन नबित्दै श्रीमतीको पनि मृत्यु

दाङ – तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको आज मृत्यु

एनएसएल विजेता ललितपुरको ट्रफी सेलिब्रेसन (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको

आतङ्कवादविरुद्ध सबै देशबीच एकता र सहकार्य आवश्यक छ : मन्त्री भण्डारी

गौशाला – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संसारबाट

दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता

बेनी – सवारी दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन बेनीमा आज ‘बिस्तारै