चीनमा पूर्वराष्ट्रपति भण्डारीले भनिन्- केपी ओली नेतृत्वको सरकार समृद्ध नेपाल बनाउन लागिरहेको छ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा बेइजिङमा आयोजित ‘छिमेकी देशहरूसँग साझा भविष्य निर्माण राजनीतिक दलहरूको भूमिका’विषयक संवाद सम्मेलनलाई सम्बोधन गरेकी छन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले विश्वमा भइरहेको तीव्र परिवर्तन र जटिलताबीच साझा भविष्य निर्माणका लागि राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले नेपालको वर्तमान यात्रा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्तिपूर्ण सामाजिक रूपान्तरण र आर्थिक समृद्धिमा केन्द्रित रहेको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, र आपसी विश्वासमा आधारित रहेको बताइन् ।
उत्तेजनापूर्ण अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई मानव अधिकार आयोगको आग्रह
लिङ्देनलाई प्रश्न- ओलीको बुई चढेर चुनाव जित्नु भयो, कसरी राजा फर्काउनु हुन्छ ?
नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा.भट्टराई नियुक्त
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का
पर्यटकलाई कुनै कानुनी-प्रशासनिक झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन
माओवादीले माग्यो गृहमन्त्री लेखकको राजीनामा
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरेको हो ।

‘गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि त्यो पहुँच, प्रभाव, प्रयोग हुन नपाओस्,’ बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘स्वतन्त्र, निष्पक्ष छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निष्कर्ष निकालेको छ ।’
उनले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा गृह मन्त्रालयका कर्मचारी जोडिएपछि चौतर्फी रूपमा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको बताए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन, राजीनामा दिनु पर्दैन : कांग्रेस
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
‘प्रधानमन्त्री ओलीले बोलेका सबै कुराको जिम्मा कांग्रेसले लिँदैन’
बाबुरामलाई छाडेका गंगानारायण महिन्द्रलाई पनि एक्लै पारेर माओवादीतिर
गृहमन्त्री विवादमा तानिएको भिजिट भिसा प्रकरणमा सरकारलाई घेर्दै प्रतिपक्षी
तीनकुने प्रकरण- न्यायाधीश कार्कीको इजलासमा प्रसाईंसहितका प्रतिवादीको बयान हुँदै
२० प्रतिशत बजेट शिक्षामा छुट्टाउन नेविसंघको माग
प्रेस युनियनले जलवायु सङ्कटप्रति विश्वको ध्यान खिच्यो : एनपी साउद
निकिताको गुनासो- सर्वोच्चले पनि अन्याय गर्यो, अब न्याय माग्न कहाँ जाऊँ ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेपत्नी निकिता पौडेल लामिछानेले आफूलाई सर्वोच्च अदालतले अमानवीय व्यवहार गरेको गुनासो गरेकी छन् ।

पति एवम् पूर्वगृहमन्त्री लामिछानेलाई सर्वोच्च अदालतले गत शुक्रबार थुनामै राखिरहन आदेश दिएको सन्दर्भमा उनले यस्तो बताएकी हुन् । उक्त दिन आउने भएपछि सर्वोच्च अदालत पुगेकी पौडेलले आफूलाई अदालतबाट मानवीय व्यवहार नभएको गुनासो गरेकी छन् ।
’अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश, झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ,’ उनले सामाजिक सञ्जालमा भनेकी छन् ।
अदालतको आदेश पालना गर्छौँ : रास्वपा
मदन भण्डारी लोकमार्गका होटलमा जिल्ला प्रशासन कार्यालय उदयपुरको अनुगमन
नेपाल-बेलायत संसदीय समूहको बैठक सम्पन्न
२०४८ यता नेपालमा वृद्ध मान्छेको संख्या तीन गुणाले बढ्यो, गण्डकीमा सबैभन्दा धेरै
विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गरिनुपर्छ : सभापति देउवा
कार्यपालिका बैठक राख्न बालेनलाई दबाब, सदस्यहरूले भने-जनप्रतिनिधिले खोज्दा पनि मेयर भेटिनु हुन्न
काठमाडौं महानगरपालिकाका कार्यपालिका ४० जना सदस्यहरूले मेयर बालेन्द्र साहलाई जति सक्दो छिटो कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।
सोमबार बसेको कार्यपालिका सदस्यहरूको अनौपचारिक बैठकले यस्तो माग गरेको हो । ४१ सदस्यीय कार्यपालिकामा मेयर साहबाहेक सबै उपस्थित थिए ।

कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व छ । यो बैठकमा रास्वपाबाट १६ नम्बर वडामा निर्वाचित रोजिना श्रेष्ठ पनि सहभागी भइन् । उनले पनि बैठकमा सहभागी भएर बालेनमाथि दबाब बढाउन भूमिका खेलेकी छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्ने’ भनिएको छ । तर काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पुस १० गतेयता बस्न सकेको छैन ।
रामीडाँडा केन्द्रबिन्दु बनाएर भूकम्प
अन्नपूर्ण आधार शिविरमा म्याराथन दौड प्रतियोगिता
बर्खा लागेसँगै डरै डरमा मनाङका माटाका घर
भन्सार प्रमुखमाथि हातपात गरेको आरोपमा नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ
१४ वर्षदेखि निर्माणाधीन सिरहा-धनुषा पुल बजेटमा समेट्न माग
सुनकोशीमा एक किशोर तीन दिनदेखि बेपत्ता, गोताखोर झिकाइँदै
स्कुटरले ठक्कर दिँदा एक किशोरीको मृत्यु
खिजीदेम्बामा शिविर : पाठेघर तथा स्तन क्यान्सर परीक्षण, ६८ जनामा जटिल समस्या
युक्रेनमा रुसी आक्रमणपछि ट्रम्प पुटिनसँग असन्तुष्ट
रुसले युक्रेनमा ड्रोन आक्रमणलाई जारी राखेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग बेखुश रहेको उनले बताए । न्यूजर्सी राज्यको मोरिसटाउन शहरबाट राजधानी वाशिङ्टन डीसी जाने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘मलाई थाहा छैन, उहाँलाई के समस्या छ रु उहाँलाई के भएको छ ? हो ? उहाँले धेरै मान्छेको हत्या गरिरहनुभएको छ । म यसबारे खुशी छैन ।’ उनले भने ।

हालै रुसले युक्रेनी भूमिमा ३ सय ६७ वटा चालकरहित हवाइ उपकरण ड्रोन आक्रमण गरेपछि ट्रम्पको यस्तो भनाइ आएको हो । रुसी आक्रमणमा १२ जनाको ज्यान गएको छ भने अरु दर्जनौँ घाइते भएका छन् ।
ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम गराउने प्रयास गरिरहेका छन् । गत सातामात्रै उनले पुटिनसँग दुई घण्टा टेलिफोन वार्ता गरेका थिए ।
ईयूमाथिको धम्कीपूर्ण ५० प्रतिशत भन्सार शुल्क जुलाईसम्म स्थगित गर्ने ट्रम्पको घोषणा
कूटनीतिक सम्बन्ध सुधार गर्न भारत–क्यानाडा सहमत
यी महिला सानैदेखि घामबाट जोगिएर हिँड्थिन्, सुतेको बेला कोल्टे फेर्दा हड्डी भाँचियो
नेपालसँग सीमा जोडिएको पश्चिम बंगालमा कोरोना संक्रमित बढे, भारतभर १ हजार नाघ्यो
गाजामा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
‘भारतीयले पठाउने इमेलको जवाफ दिन्नँ’ भनेपछि किवी आप्रवासनमन्त्री विवादमा
प्रतिक्रिया