इजरायलमा बन्धक सम्झौता गर्न दबाब दिँदै विशाल प्रदर्शन « Khabarhub

इजरायलमा बन्धक सम्झौता गर्न दबाब दिँदै विशाल प्रदर्शन


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तेल अविव- गाजाको युद्ध अन्त्य गर्दै त्यहाँ रहेका बन्धकहरूलाई सुरक्षित फिर्ता ल्याउन मागसहित मङ्गलबार बिहान इजरायलका प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । उनीहरूले साँझका लागि तोकिएको सुरक्षा क्याबिनेट बैठकअघि सरकारलाई दबाब दिने प्रयास गरेका हुन् ।

एएफपीका पत्रकारहरूले तेल अभिवमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गरी इजरायली झण्डा फहराएको र बन्धकहरूको तस्बिर बोकेको दृश्य देखेका थिए । यस्तै, इजरायली मिडियाका अनुसार अमेरिकी दूतावासको शाखा नजिकै र देशभरका मन्त्रीहरूको घर अगाडि पनि र्‍यालीहरू आयोजना गरिएको छ ।

“टेबलमा प्रस्ताव तयार छ । हामी हाम्रा नेताहरूलाई वार्तामा बस्न र सहमति नभएसम्म उठ्न नदिने माग गर्छौं”, अक्टोबर २०२३ मा आफ्नो छोरा अपहरणमा परेका परिवारको प्रतिनिधित्व गर्ने फोरमले विज्ञप्ति जारी गर्दै भनेको छ ।

सुरक्षा मन्त्रिपरिषद् बैठकको एजेन्डा आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । तर स्थानीय समाचारहरूले युद्धविराम र बन्धक मुक्तिको नयाँ वार्ताबारे छलफल हुने सम्भावना औँल्याएका छन् ।

मन्त्रिपरिषद्ले अगस्टको सुरुमा सेनाले गाजा सहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको थियो । यसले बन्धकहरूको सुरक्षामा थप चिन्ता पैदा गरेको छ । पछिल्ला हप्तामा देशभर हजारौँ मानिस सडकमा उत्रिएर विरोध प्रदर्शनमा सहभागी भए ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत हप्तामै गाजामा बाँकी रहेका सबै बन्धकको रिहाइका लागि तत्काल वार्ता सुरु गर्न आदेश दिएका थिए । तर सोसँगै उनले गाजाको सबैभन्दा ठूलो सहर कब्जा गर्ने आक्रमण योजनालाई अझ प्रबल बताएका थिए ।

हमासले मध्यस्थकर्ताहरूले अघि सारेको नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको बताएकै बेला यो घटनाक्रम आएको हो । उक्त प्रस्तावअनुसार प्रारम्भिक ६० दिनको अवधिमा कब्जामा रहेका प्यालेस्टिनी कैदीहरूको सट्टामा बन्धकहरूको चरणबद्ध रिहाइ हुने योजना छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : २४ बजे

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि