काठमाडौँ- प्रहरीले सन्तोष राजावादीका नाममा परिचित सन्तोषकुमार सिलवाललाई मंगलबार काठमाडौँबाट पक्राउ गरेको छ ।
धादिङको सिद्धलेक गाउँपालिका–४ स्थायी घर भएका सिलवालले मंगलबार सरकारी मुखपत्र गोरखापत्र दैनिकमा छापिएको एउटा समाचारको विरोधमा उत्रिँदा पक्राउ गरेका हुन् ।
मंगलबारको अंकको पहिलो पृष्ठको एंकर समाचारका रुपमा गोरखापत्रले ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा सरोज ढुंगेलको बाइलाइनमा समाचार छापेको थियो ।
गोरखापत्रको उक्त समाचारको विरोध गर्दै सन्तोषले माइतीघर मण्डलमा पुगेर जलाउन खोजेका थिए । उनले गोरखापत्र च्यात्दै जलाउने क्रममा प्रहरीले पक्राउ गरेर सिंहदरबार बृत्तमा राखेको छ ।
उनलाई त्यहीँबाट पक्राउ गरेर प्रहरीले सिंहदरबार बृत्तको हिरासतमा राखेको हो । सन्तोष २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा पनि पक्राउ परेर मुद्दा खेपेका व्यक्ति हुन् ।
तीनकुनेमा राजावादीहरूको हिंसात्मक प्रदर्शनमा उनी निषेधित क्षेत्र तोड्न तम्सिनेमध्ये एकजना रहेको आरोप त्यसबेला प्रहरीले लगाएको थियो ।
के छापेको थियो गोरखापत्रले ?
सरकारी मुखपत्र गोरखापत्रले हिन्दू धर्मावलम्बी महिलाहरूले सदियौँदेखि मान्दै आएको तिज पर्वका दिन मंगलबारको अंकमा ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा समाचार छापेको छ ।
जसमा ‘तिजको दरका दिन अत्यधिक खाना खाने र अर्को दिन केही नखाई निराहार व्रत बस्दा स्वास्थ्यमा प्रतिकूल असर पर्ने’ भनेर चिकित्सकको भनाइसहित समाचार छापिएको छ ।
उक्त समाचारमा गर्भवती, दीर्घरोगी, वृद्धवृद्धाले व्रत नबस्नु नै उपयुक्त हुने र बसे पनि फलफूल तथा हल्का खाना खान चिकित्सकको सुझाव रहेको कुरा उल्लेख गरिएको छ।
यस्तो छ समाचार
नेपाली महिलाको महान् चाड तिज व्रतमा केही नलाई (निराहार) बस्दा स्वास्थ्यमा प्रतिकूल असर पर्नेतर्फ सचेत गराइएको छ। तिजमा महिलाहरू पानीसमेत नपिएर पतिको दीर्घायुका लागि व्रत बस्ने गर्छन्। निराहार चतले स्वास्थ्यमा प्रतिकूल असर गर्छ भन्दै चिकित्सकले सचेत गराएका छन् ।
वरिष्ठ चिकित्सक लोचन कार्कीले दरमा अत्यधिक खाना खाने र अर्को दिन केही नखाई निराहार व्रत बस्दा स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताउनुभयो। उहाँले निराहार व्रत बस्दा शरीरका लागि आवश्यक पानी, मिटामिन, ग्लुकोज जस्ता पदार्थ अपुग भएर असर गर्ने बताउनुभयो।
व्रत बस्दा पानी, फलफूल प्रशस्त मात्रामा खान सुझाव दिँदै उहाँले व्रत बस्ने नाममा कुनै रोग लागेको छ भने त्यसले झनै असर गर्ने बताउनुभयो। कुनै महिला ग्यास्ट्रिक, मधुमेह जस्ता रोगबाट पीडित हुनुहुन्छ भने त्यस्ता व्रतालुले चोखो खानेकुरा पर्याप्त मात्रामा खानु उपयुक्त हुने जानकारी दिँदै केही नखाई बस्दा कमजोरी हुने, चक्कर लाग्ने जस्ता समस्या देखिन सक्नेतर्फ सचेत रहन उहाँले सुझाउनुभयो।
निराहार व्रतले रक्तचाप घटबढ हुनुका साथ रक्तचापका बिरामीलाई अझ बढी जोखिम हुन सक्ने चेतावनी उहाँले दिनुभयो। चिनीरोग भएका महिलाका लागि जटिल अवस्था आउन सक्ने भन्दै डा. कार्कीले लामो समय केही नाँदा चिनीको मात्रा तत्लपाधि हुन सक्ने चताउनुभयो। उहाँले लामो समयसम्म साली पेट बस्दा पाचन प्रणालीमा समेत असर गर्ने जानकारी दिनुभयो। लामो समयसम्म नखाँदा पेटमा एसिड बढ्ने र ग्यास्ट्रिक, अल्सर जस्ता समस्या देखिन सक्ने भएकाले अलि लामो समयसम्म खाना खाएन भने सामान्य मानिसलाई पनि समस्या हुनेतर्फ विचार पुग्याउन आग्रह गर्नुभयो। लामो समयसम्मको व्रतले अत्यधिक थकान, कमजोरी हुनुका साथै असहज हुने भएकाले कतिपय महिलामा रक्तअल्पता जस्ता समस्यासमेत हुने बताउनुभयो।
पोषणविद् डा. उमा कोइरालाले तिजमा बेही पनि नखाई व्रत बस्नु शरीरका लागि राम्रो नहुने बताउनुभयो। उहाँले दरको निहुँमा अत्यधिक खाएमा झाडापखाला हुने अर्को दिन भोकै चसे विभिन्न समस्याले सताउने जनाउनुभयो। खानपानमा विशेष ध्यान दिइएन भने त्यसले असर गर्दछ, डा. कोइरालाले भन्नुभयो, “व्रतमा पनि हल्का खाने र दरको नाममा बड़ी नयाँश स्वास्ष्यका लागि फाइदा हुन्छ।
डा. कोइरालाले अहिले पहिले जस्तो दर नभएको बताउनुभयो। पहिले व्रत बस्ने अचिल्ली दिन मात्र दर खाने गरिन्थ्यो, डा. कोइरालाले थप्नुभयो, “अहिले एक महिनाअघिदेखि दर स्वाने चलनले चिनीरोग, मोटोपन, रक्तचाप जस्ता समस्या देखिन सक्छ।”
शारीरिक रूपमा वतले फाइदा गरे पनि निराहार व्रत बस्न नहुने उहाँको तर्क छ। उहाँले गर्भवती, दीर्घरोगी, वृद्धवृद्धाले व्रत नबस्नु नै उपयुक्त हुने र बसे पनि फलफूल तथा हल्का साना सान सकिने बताउनुभयो । शरीरलाई प्रतिकूल असर पुन्याउने भएकाले खानपानमा सन्तुलन बनाउनुपर्ने उहाँको भनाइ छ। फलफूल, दुध हल्का खालको भोजन गरेर व्रत बस्नुपर्ने उहाँको भनाइ छ। स्तनपान गराइरहेका महिलालाई पनि निराहार व्रत बस्दा दुध नआउने र शिशुलाई समेत त्यसले असर गर्ने बताउनुभयो।

प्रतिक्रिया