‘बच्चाको बाबुसँग नायिका साम्राज्ञीले ‘बेड सेयर गरेपछि’ भाँडियो घरबार’ « Khabarhub

‘बच्चाको बाबुसँग नायिका साम्राज्ञीले ‘बेड सेयर गरेपछि’ भाँडियो घरबार’


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्गेजमेन्टपछि व्यक्तिगत जीवनले चर्चामा आएकी नायिका साम्राज्ञी शाहको नैतिकतामाथि गम्भीर प्रश्न उठ्ने गरी एक महिलाले भिडियो सन्देश जारी गरेकी छन् ।

सरिता सुब्बा नामक ती युवतीले आफ्नो श्रीमान्सँग साम्राज्ञीले बेड सेयर गरेको कारण डिभोर्स भएको ती महिलाको दाबी छ । वैवाहिक सम्बन्ध कायमै रहेको र बच्चाको बुवा भएको थाहा हुँदा हुँदै साम्राज्ञीले बेड सेयर गरेको उनले स्पष्ट शब्दमा बताएकी छन् ।

डिभोर्स भएपछि आफ्ना पूर्वपतिसँग साम्राज्ञीले विवाह गर्न लागेको ती युवतीले बताएकी छन् । आफूले त्यसबेला पतिलाई साम्राज्ञीसँग थाइल्यान्डमा बेड सेयर गरेकोबारे सोधेको पनि उनले बताएकी छन् ।

त्यसबेला आफ्ना पतिले साम्राज्ञीसँग शारीरिक सम्बन्ध राखेको स्वीकारेपछि आफूले सम्बन्ध विच्छेद गरेर अहिले मुभ अन भइसकेको पनि उनले भिडियोमा बताएकी छन् ।

साम्राज्ञीले केही दिनअघि एकजना युवकसँग इन्गेजमेन्ट गरेको फोटो सेयर गरेकी थिइन् । उनले ती युवक भुटानी शरणार्थीसमेत रहेका विशाल खरेल रहेको खुल्न आएको छ ।

साम्राज्ञी र विशालले ०८१ साल ‘मालती’ नामक म्युजिक भिडियोमा सहकार्य गरेका थिए । थाइल्यान्डमा सुटिङ गरिएको उक्त म्युजिक भिडियोको लागत ६० लाख रहेको भन्दै निर्माण पक्षले प्रचार गरेको थियो ।

त्यही भिडियो सुटिङका क्रममा साम्राज्ञी र विशालको निकटता बढेको बुझिन्छ । त्यही दौरान उनीहरूले बेड सेयर गरेको थाहा पाएको सरिताको स्पष्ट दाबी छ ।

उनले भनेकी छन्, ‘त्यो वुमनलाई थाहा थियो– हामीले विवाहित हो र हाम्रो बच्चा छ । मेरो एक्स र त्यो वुमनले चिट गरेको थाहा पाएँ । मैले एक्सलाई पनि सोधेँ । उसले पनि हो भनेर स्वीकार गर्‍यो । हामीले बेड सेयर गरेकै हो भनेर स्वीकार गरेपछि हामी छुट्टिएको हो ।’

सरिताको दाबीले साम्राज्ञीको नैतिकतामाथि प्रश्न उठेको छ । विशाल डिभोर्सी रहेको खुलेपछि साम्राज्ञीमाथि स्टारडमको दुरुपयोग गरी घरबार भाँडेको आरोप लागेको थियो ।

सरिताको भिडियोले यो आरोपले पूर्णता पाएको छ । लगातार फ्लप फिल्म दिएर ठूलो पर्दाबाट टाढिए जस्तो देखिएकी साम्राज्ञीको व्यवसायिक जीवनमा यो घटनाले थप असर पर्ने देखिन्छ ।

अरुको घर भाँडेको सत्य ठहर भएमा दर्शकहरु साम्राज्ञीलाई नायिका मानेर ठूलो पर्दामा हेर्न जान पक्कै हिचकिचाउने छन् ।

सम्बन्धबिच्छेदपछिको विवाहलाई अहिले स्वीकार गरिन्छ । तर, सम्बन्धबिच्छेदको कारण नै नायिका बन्नुलाई हाम्रो समाजले स्वीकार गर्दैन ।

साम्राज्ञीका कारणले विशाल र आफ्नो डिभोर्स भएको एक वर्षभन्दा बढी भएको सरिताको भनाइ छ । अहिले उक्त घटनाबाट आफू मुभ अन भएको उनले बताइन् ।

उनले आफूलाई यस घटनासँग अतिरञ्जित तरिकाले जोडेर भिडियो कन्टेन्ट नबाउन आग्रह पनि गरेकी छन् । यसको कारण उनले देखाएकी छन्, ‘राम्रोसँग थाहा नभइ कन्टेन्ट बनाइदिनुहोला । जे पायो त्यही कुरा जोडेर कन्टेन्ट नबनाउनु होला । यसले मेरो जीवन र मेरो बच्चाको जीवनमा असर पर्छ ।’

सरिताले विशाल र साम्राज्ञीको नाम लिएकी छैनन् । तर, आरोप र अभिव्यक्त उनीहरु लक्षित नै रहेको सहजै थाहा हुन्छ ।

अहिले सरिता पनि अमेरिकामा नै बच्चासँग बस्दै आएको बुझिन्छ ।

यता साम्राज्ञीले इन्स्टाग्राममार्फत आफूले वैवाहिक सम्बन्धमा रहेको ब्यक्तिसँग डेट नगरेको खण्डन गरेकी छन् । परिवार तोड्ने काममा आफू संलग्न नरहेको उनको दाबी छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ३ : ४३ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै