‘बच्चाको बाबुसँग नायिका साम्राज्ञीले ‘बेड सेयर गरेपछि’ भाँडियो घरबार’ « Khabarhub

‘बच्चाको बाबुसँग नायिका साम्राज्ञीले ‘बेड सेयर गरेपछि’ भाँडियो घरबार’


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्गेजमेन्टपछि व्यक्तिगत जीवनले चर्चामा आएकी नायिका साम्राज्ञी शाहको नैतिकतामाथि गम्भीर प्रश्न उठ्ने गरी एक महिलाले भिडियो सन्देश जारी गरेकी छन् ।

सरिता सुब्बा नामक ती युवतीले आफ्नो श्रीमान्सँग साम्राज्ञीले बेड सेयर गरेको कारण डिभोर्स भएको ती महिलाको दाबी छ । वैवाहिक सम्बन्ध कायमै रहेको र बच्चाको बुवा भएको थाहा हुँदा हुँदै साम्राज्ञीले बेड सेयर गरेको उनले स्पष्ट शब्दमा बताएकी छन् ।

डिभोर्स भएपछि आफ्ना पूर्वपतिसँग साम्राज्ञीले विवाह गर्न लागेको ती युवतीले बताएकी छन् । आफूले त्यसबेला पतिलाई साम्राज्ञीसँग थाइल्यान्डमा बेड सेयर गरेकोबारे सोधेको पनि उनले बताएकी छन् ।

त्यसबेला आफ्ना पतिले साम्राज्ञीसँग शारीरिक सम्बन्ध राखेको स्वीकारेपछि आफूले सम्बन्ध विच्छेद गरेर अहिले मुभ अन भइसकेको पनि उनले भिडियोमा बताएकी छन् ।

साम्राज्ञीले केही दिनअघि एकजना युवकसँग इन्गेजमेन्ट गरेको फोटो सेयर गरेकी थिइन् । उनले ती युवक भुटानी शरणार्थीसमेत रहेका विशाल खरेल रहेको खुल्न आएको छ ।

साम्राज्ञी र विशालले ०८१ साल ‘मालती’ नामक म्युजिक भिडियोमा सहकार्य गरेका थिए । थाइल्यान्डमा सुटिङ गरिएको उक्त म्युजिक भिडियोको लागत ६० लाख रहेको भन्दै निर्माण पक्षले प्रचार गरेको थियो ।

त्यही भिडियो सुटिङका क्रममा साम्राज्ञी र विशालको निकटता बढेको बुझिन्छ । त्यही दौरान उनीहरूले बेड सेयर गरेको थाहा पाएको सरिताको स्पष्ट दाबी छ ।

उनले भनेकी छन्, ‘त्यो वुमनलाई थाहा थियो– हामीले विवाहित हो र हाम्रो बच्चा छ । मेरो एक्स र त्यो वुमनले चिट गरेको थाहा पाएँ । मैले एक्सलाई पनि सोधेँ । उसले पनि हो भनेर स्वीकार गर्‍यो । हामीले बेड सेयर गरेकै हो भनेर स्वीकार गरेपछि हामी छुट्टिएको हो ।’

सरिताको दाबीले साम्राज्ञीको नैतिकतामाथि प्रश्न उठेको छ । विशाल डिभोर्सी रहेको खुलेपछि साम्राज्ञीमाथि स्टारडमको दुरुपयोग गरी घरबार भाँडेको आरोप लागेको थियो ।

सरिताको भिडियोले यो आरोपले पूर्णता पाएको छ । लगातार फ्लप फिल्म दिएर ठूलो पर्दाबाट टाढिए जस्तो देखिएकी साम्राज्ञीको व्यवसायिक जीवनमा यो घटनाले थप असर पर्ने देखिन्छ ।

अरुको घर भाँडेको सत्य ठहर भएमा दर्शकहरु साम्राज्ञीलाई नायिका मानेर ठूलो पर्दामा हेर्न जान पक्कै हिचकिचाउने छन् ।

सम्बन्धबिच्छेदपछिको विवाहलाई अहिले स्वीकार गरिन्छ । तर, सम्बन्धबिच्छेदको कारण नै नायिका बन्नुलाई हाम्रो समाजले स्वीकार गर्दैन ।

साम्राज्ञीका कारणले विशाल र आफ्नो डिभोर्स भएको एक वर्षभन्दा बढी भएको सरिताको भनाइ छ । अहिले उक्त घटनाबाट आफू मुभ अन भएको उनले बताइन् ।

उनले आफूलाई यस घटनासँग अतिरञ्जित तरिकाले जोडेर भिडियो कन्टेन्ट नबाउन आग्रह पनि गरेकी छन् । यसको कारण उनले देखाएकी छन्, ‘राम्रोसँग थाहा नभइ कन्टेन्ट बनाइदिनुहोला । जे पायो त्यही कुरा जोडेर कन्टेन्ट नबनाउनु होला । यसले मेरो जीवन र मेरो बच्चाको जीवनमा असर पर्छ ।’

सरिताले विशाल र साम्राज्ञीको नाम लिएकी छैनन् । तर, आरोप र अभिव्यक्त उनीहरु लक्षित नै रहेको सहजै थाहा हुन्छ ।

अहिले सरिता पनि अमेरिकामा नै बच्चासँग बस्दै आएको बुझिन्छ ।

यता साम्राज्ञीले इन्स्टाग्राममार्फत आफूले वैवाहिक सम्बन्धमा रहेको ब्यक्तिसँग डेट नगरेको खण्डन गरेकी छन् । परिवार तोड्ने काममा आफू संलग्न नरहेको उनको दाबी छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ३ : ४३ बजे

कांग्रेसका ‘सात भाइ’ मा फुट, गोपालमान विशेष महाधिवेशनको पक्षमा

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किँदै जाँदा

कांग्रेस विशेष महाधिवेशनको तयारी तीब्र (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीब्र बनाइएको छ। महामन्त्रीद्वय

रवि र कुलमानको एकता सहमति दुई सातामै भाँडियो, उज्यालो नेपाल ब्युँत्याउने तयारी

काठमाडौं- गत १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो

कुलमानसँगको एकता संकटमा परेपछि रास्वपाले डाक्यो आकस्मिक सचिवालय बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच भएको पार्टी

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन्।  उनी काठमाडौँको